coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोरङमा सात जना जुवाडे पक्राउ

मोरङको लेटाङबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। मंगलबार बिहान २ बजेतिर जुवा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

लेटाङ–९ स्थित जाँतेबाट स्वेता मगरको घरमा जुवा खेल्दै गर्दा ७ जनालाई नगद १ लाख ८८ हजार ७ सय ४५ रुपैयाँ र कौडा १ सेटा, तास ६ बुक तथा १६ थान मोबायल बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।  

पक्राउ परेका मध्ये १ जना बाहेक सबै लेटाङ वडा नम्बर ९ का रहेका छन्। लेटाङ–९ ४५ वर्षीय दघिराम पौडेल, २५ वर्षीय निर्मल मगर, ३१ वर्षीय रञ्जित गजमेर र ५२ वर्षीय नरध्वज खड्का पक्राउ परे। त्यस्तै ३२ वर्षीय चन्द्रबहादुर गौतम, २९ वर्षीय शिरीकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ–३ का यमकुमार शेर्पालाई पक्राउ गरेको डिएसपी राईले बताए।  

पक्राउ परेकालाई थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७७ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App