१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुवा खेल्ने तिब्वतीसहित १० जना पक्राउ

काठमाडौं- जुवातास खेल्ने तिब्बती नागरिकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गत सोमबार ५ बजेर ३० मिनेटमा गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित जस्ताले छाएको एक टहरामा जुवातास खेलिरहेको अवस्थामा तिब्वत घर भई हाल बौद्ध बस्ने नवाङ कुन्साङसहित १० जनालाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्तले जनाएको छ।

उनीहरुबाट २ लाख ८१ हजार रुपैयाँ समेत नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसान्धान भइरहेको महानगरिय प्रहरी वृत्तले जनाएको छ।

प्रकाशित: १४ माघ २०७६ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App