४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भैरहवामा जुवा खालबाट १८ जना पक्राउ

रुपन्देहीको भैरहवामा जुवाखालबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर नगरपालिका २ मेउडिहवामा संचालित एक चिया पसलमा जुवा खेल्दै गरेका १८ जना जुवाडेलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । जुवाखालबाट एक लाख बढी रकम बरामद गरेको छ । मेउडिहवा स्थित सरेख कहारको घरमा चिया पसल संचालन गर्दै आएका तारा रानाको कोठाबाट जुवाडेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सो ठाँउमा जुवाडेहरु नियमित जुवातास खेल्ने गरेको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ छापा मारेको थियो । सो क्रममा १८ जुवाडेसहित नेपाली रुपैयाँ ६० हजार र भारतीय रुपैयाँ ३२ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार पक्राउ पर्नेमा भारत ठेगाना बताउने ताहिर अली, दिलिप कुमार, गोरखकुमार, रमेश यादव, अवरार हुसेन, बद्रे आलम, अजिजुल अलि, सलिम मुसलमान, सुलेमान खान छन् । भैरहवाका साजिद अलि, बृजेश यादव, राजेशकुमार कोहार, फारुफ अली, कृष्ण गुप्ता, बिरेन्द्र गुप्ता, दिपक पाण्डे, अयोध्या वानिया र बशन्त घिमिरे छन् । पक्राउ परेकालाई जुवा ऐन अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपि थापाले बताए।

प्रकाशित: २७ माघ २०७७ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App