१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोलमा ७ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घट्यो इन्धनको मूल्य

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ।

यस्तै गरी  दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५३ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ।

प्रकाशित: २ जेष्ठ २०८१ २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App