१४ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल-बंगलादेश फाइनल खेलका लागि एन्फा आफैंले टिकट बिक्री गर्ने, अनलाइनबाट नमिल्ने

.

तस्बिर: एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपाल र बंगलादेशबिच हुने फाइनल खेलका लागि टिकट आफैंले बिक्री गर्ने भएको छ।

साफ च्याम्पियनसिपको टिकेटिङको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले आइतबार भएको खेलमा क्षमता भन्दा बढी दर्शकलाई प्रवेश दिइएको रिपोर्ट सार्वजनिक भएसँगै टिकेटिङको जिम्मा एन्फा आफैले लिएको हो।

टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा अधिकार पाएको प्रालि आइतबार भएको खेलमा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिइएको रिपोर्ट सार्वजनिक भएको थियो। जबकि रंगशालाको क्षमता भने करिब १५ हजार मात्र छ।

यससँगै अब अनलाइन मार्फत टिकट खरिद गर्न नमिल्ने भएको छ। एन्फाले बुधबार बिहान ८ बजेदेखि जावलाखेल खेलमैदान, एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रमा टिकट बिक्री सुरु गर्ने जानकारी दिएको छ।

भिआइपीतर्फ एक हजार र साधारणतर्फ १० हजार टिकट बिक्री गरिनेछ। भिआइपी टिकटको मूल्य एक हजार रुपैयाँ र साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App