२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पहिचान नभएको किराले मकैबाली सखाप

जुम्ला चन्दननाथ ३ का रामकृष्ण बुढ्थापाको मकैबारीमा दुई दिनअघिसम्म कुनै रोग या किराको प्रकोप देखिएको थिएन । मकै घोगा लागिसकेको थियो ।

सुदूरपश्चिममा बर्सेनि बढ्दै प्रकोपका घटना

सुदूरपश्चिम प्रदेशमा असारमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् भने १५ घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्का घट्नाबाट बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

किसानको गाँस खोस्दै सलह

गेरुवा गाउँपालिका–१ का बगहिका ५४ वर्षिय कुलापानी चौधरी घनश्याम थारुको तीन दिन अघिदेखि रात दिन खेतमा बास छ ।

धेरै जिल्लामा फौजी किराको प्रकोप

गत वर्ष मकै बालीमा पहिलो पटक देखिएको अमेरिकन फौजी किराको प्रकोप अहिले अधिकांश जिल्लामा फैलिइसकेको छ । एक वर्षअगाडि पहिचान भएको उक्त किराबारे किसान अनभिज्ञ रहेको यस क्षेत्रमा संलग्न विज्ञहरु स्विकार्छन् । पहिलो जानकारी नै नभएको नयाँ जातको किरा बालीका फैलिनु, अर्को लकडाउनका कारण आवश्यक विषादी प्रयोग गर्न नपाउँदा मकै सखाप हुने चिन्तामा किसान छन् ।

देशभर अमेरिकन फौजी कीराको प्रकोप

धानपछिको मुख्य खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । उक्त कीराले मकैको बोट नै सखाप पारेपछि किसानको मेहनत खेर जाने अवस्थामा पुगेको छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्युर्गिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलोपटक अमेरिकामा देखा परेको थियो ।

यस्तो छ सलह नियन्त्रण गर्ने सरकारी तयारी

भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर सरकारले नियन्त्रणको लागि तयारी सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह आउन सक्ने सम्भावना आकलन गर्दै प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको अध्यक्षतामा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको छ ।

जताततै अमेरिकन फौजी किराको प्रकोप

खोटाङका अधिकांश स्थानीय तहमा अमेरिकन फौजी किरा (फल आर्मी वर्म)को प्रकोपफैलिएको छ । अघिल्ला वर्षसम्म केही नगरपालिका र गाउँपालिकाको बेँसी क्षेत्रमा देखा परेको अमेरिकन फौजी किरा यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो ।

उम्रन नपाउँदै फेद कटुवाले मकै सखाप

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा राम्ररी उम्रन नपाउँदै मकैमा फेद कटुवा किराको प्रकोप फैलिएको छ । बाहुनीडाँडाका किसानले छरेको मकै राम्ररी टुसाउन नपाउँदै फेद कटुवाले सखाप पारेको छ ।

कोरोना प्रकोपलाई सम्बोधन गर्ने गरी बजेट, कृषिलाई प्राथमिकता

कोरोना भइरसका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले यसलाई सम्बोधन हुने गरी आगामिक आर्थिक वर्षको बजेट बजेट आउने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । १ नम्बर प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ ।

कोरोना प्रकोपमा स्थानीय सरकारसँग कुनै सल्लाह र समन्वय छैन

कोरोना भाइरसको प्रकोपपछि अहिले देश लकडाउनमा छ। कोरोनाको रोकथाम, प्रतिरक्षा र सावधानीका लागि संघीय सरकारसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीस्तरीय उच्चस्तरीय समितिले काम गरिरहेको छ।

शिवराज नगरपालिकामा ६३ लाखको प्रकोप व्यवस्थापन कोष

कपिलवस्तुको शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ। नगरपालिकाको कार्यपालिका बैठकले बिपद् पीडीतलाई राहत प्रदान गर्न सो कोष खडा गर्ने निर्णय गरेको हो। सो कोष जिल्लाका पालिका मध्ये सबै भन्दा बढी रकमको बिपद् कोष हो। नगर प्रमुख नेत्ररा अधिकरीले बिपद्मा परकोहरुलाई राहत प्रदान गर्न कोष खडा गरिएको बताए।

प्रकोप व्यवस्थापन कोषमा सहयोग, श्रमिकलाई राहत

लकडाउन सुरु भई दैनिक ज्याला मजदुरी गर्ने तथा श्रम गरेर जिविकोपार्जन गर्नेलाई गाँसको समस्या भएसँगै प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा हुन थालेको छ। रकम जम्मा भएसँगै श्रमिकलाई राहत वितरण गर्न थालिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ।

नेपालमा कोरोना फैलिँदैन !

पछिल्लो समय यो भाइरस सबैभन्दा बढी इटाली र इरानमा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ। अमेरिका पनि यस भाइरसबाट अछुतो रहन सकेको छैन। हालसम्म १२० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ, जसमा हाम्रो देश नेपाल पनि पर्छ।

रुघाखोकी र ज्वरोले सिंगो गाउँ थलियो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उक्त समस्याले एक सातादेखि ८० जना बिरामी ओछ्यानमै थला परेको बताइएको छ।

प्रकोप नियन्त्रण गर्न चिकित्सकको टोली हुम्लामा

हुम्लाको चंखेली (मेल्छाम) सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्