६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

रुघाखोकी र ज्वरोले सिंगो गाउँ थलियो

नगेन्द्र उपाध्याय/विणुप्रसाद देवकोटा

सुर्खेत/डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उक्त समस्याले एक सातादेखि ८० जना बिरामी ओछ्यानमै थला परेको बताइएको छ। स्थानीय गाउँमा फैलिएको संक्रमणलाई कोरोनाको आशंका गरिरहेका छन्। स्थानीयका अनुसार जाडो छल्न काठमाडौं गएकी ३७ वर्षीया सुक बोहरा गाउँ फर्केसँगै प्रकोपको सुरुवात भएको बताइएको छ।

‘बोहरा काठमाडौंबाट फर्केलगत्तै उनी बिरामी भएकी थिइन्,’ स्थानीय मनिष मेडिकलमा उपचार गराइरहेका विष्णु बुढाले भने, ‘त्यसपछि गाउँमा अन्य व्यक्तिहरू पनि बिरामी हुने थालेका छन्।’ बिरामीमा टाउको दुख्ने, रुघाखोकी लाग्ने, ज्वरोले काम्ने, खाना नरुच्नेलगायतका लक्षण देखिएको स्थानीय बालकृष्ण बोहराले जानकारी दिए। छिमेकी मुलुक चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको लक्षण र आफ्नो गाउँमा फैलिएको प्रकोपमको लक्षण एउटै भएको उनको भनाइ छ। अहिले ४० घरका ८० जना बिरामी भएकाले र बिरामी हुनेको संख्या बढ्दै गएको उनी बताउँछन्।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रितृभक्त गिरीले गाउँनै रुघाखोकी र ज्वरोले थला परेको खबर आएपछि आवश्यक औषधिसहित चिकित्सकको टोली पठाइएको जानकारी दिए। ‘रुघाखोकी र ज्वरोले धेरै मानिस थलापरेको खबर आएको छ,’ उनले भने, ‘तर वास्तविकत के हो ? कुन रोग हो ? भन्ने बारे चिकित्सकको टोली फर्केपछि मात्रै जानकारी हुन्छ।’ विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइरहेका बेला कोरोना भाइरस प्रभावित छिमेकी मुलुक चीनसँगको सीमासँग जोडिएको हिमाली जिल्ला डोल्पामा अहिलेसम्म यसबारे कुनै पक्षबाट जनचेतना फैलाउनुका साथै उच्च सर्तकता अपनाइएको छैन्।

प्रकाशित: २० फाल्गुन २०७६ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App