७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कोरोना प्रकोपलाई सम्बोधन गर्ने गरी बजेट, कृषिलाई प्राथमिकता

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो । तस्बिर :गिरिराज/नागरिक

पाँचथर- कोरोना भइरसका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले यसलाई सम्बोधन हुने गरी आगामिक आर्थिक वर्षको बजेट बजेट आउने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । १ नम्बर प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ ।

कोरोनाका कारण ग्रामिण अर्थतन्त्रलाई दर्बिलो बनाउनु पर्ने सन्देश भएकाले आगामि बजेटलाई कृषिमा प्रमुख प्राथमिकतामा राखेर बनाइने आङ्बाले जानकारी दिए । ‘दुई करोडदेखि डेढ अर्बसम्मका झण्डै तीनसयका हारहारीमा बहुवर्षे आयोजना छन् । तीनिहरुलाई पर्याप्त बजेट छुट्याउनु पर्ने छ । कोरोनाका कारणले धेरै आयोजनाहरु ठेक्का पट्टा, सम्झौता र निर्माणको सुरुवातको चरणमा छन् यिनीहरुलाई सम्पन्न गर्नु पर्ने दायित्व छ । यिनीहरुलाई सम्पन्न गर्न ठूलो बजेटको हिस्सा त्यहाँ जान्छ ’ मन्त्री आङ्बोले नागरिकसँग भने ‘कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्र मुलतः कृषिलाई केन्द्रीत गरेर माथि उठाउने कुरा र साना तथा माझौला खालका व्यवसायलाई राहत पुग्ने कार्यक्रमहरु ल्याउछौँ । रोजगारी सृजना र ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउने किसिमबाट बजेट आउछ ।’

कोरोनका कारण रोकिएका आयोजना निरन्तरता दिनु पर्ने आवश्यकता रहेको उनले बताए । कृषिलाई मजबुद र व्यवस्थीत गर्ने गरी कृषिलाई केन्द्रीत गर्ने योजना रहेको उनले बताए । कोरोनाको प्रकोप चलिरहेको बेला देखिएका गतिविधिका कारण शिक्षा र स्वास्थ्य राज्यको दायित्वमा ल्याउने पर्ने देखिएको उनको भनाई रहेको छ । ‘कोरोनाले दिएको महत्पूर्ण शिक्षा के छ भने अब शिक्षा र स्वास्थ्य जस्ता विषयहरु राज्यको मातहतमा हुनुपर्छ भन्ने हो । राज्यले विशेष लगानी गर्नु पर्छ भन्ने कुरा बाध्यत्मक भएको छ । निजी अस्पतालको हालत तपाइले देख्नु भयो । कोरोनाले लकडाउन भईरहेका बेला ज्वरो आएको विरामीलाई नलिएका घटना छन् । यतिधेरै राज्यबाट छुट, सुविधा लिएको निजी क्षेत्रबाट सञ्चालीत स्वास्थ्य क्षेत्रले वास्तवमा के हो भन्ने औकात देखाएका छन् । ठूला ठूला मेडिकल कलेज, अस्पताल हुँदा पनि सरकारी अस्पतालमै जानु पर्‍यो’ मन्त्री आङ्बोले भने ‘त्यहि भएर यो पल्टको बजेटमा अस्पताल तथा स्वास्थ्यक केन्द्रहरुलाई स्तरोन्नतीका लागि विशेष पहल गर्दैछौँ । सामुदायिक शिक्षामा लगानी बढाउने गरी बजेटमा प्राथमिकतामा पर्छ ।’

संघीय सरकारबाट प्राप्त हुने बजेटको सिलिङ प्राप्त भईसकेको जानकारी दिइएको छ । चालु आर्थिक वर्षको नगद मौज्दातको अनुमान भईरहेको तथा आन्तरीक राजश्वको अवस्थाको अध्ययन भईसकेको आङ्बोले बताए । खर्च नहुने रकम ‘सलेण्डर’ गर्न निर्देशन दिइसेकेको उनले बताए । आउने हप्तासम्ममा बजेटेको मोटामोटी स्वरुप तयार भएर सबै मन्त्रलायलाई बजेटको सिलिङ उपलब्ध गराईने उनले जानकारी दिए ।

‘राजश्वमा परेको असर तथा प्रभावका कारण बजेटको आकार घट्छ । प्रशासनिक र अनुपात्दक क्षेत्रमा गईराखेका बजेट कटौती गरेर मुख्य उत्पादनमा जोड दिने, तथा मुख्य आयोजनामा केन्द्रीत गरी बजेट अभाव नहुने गरी मिलाई राखिएको छ’ उनले भने ‘गाडी खरिद, भ्रमण भक्ता, बैठक भक्ता, विभिन्न संघ, प्रतिष्ठानका लागि छुट्याइने रकम, अनावश्यक सानामसिना आयोजनाहरुलाई कटौती गरेर उत्पादनशिल क्षेत्रमा केन्द्रीत गर्छाै ।’ नियमीत प्रक्रियामा असार १ गतेनै बजेट आउने उनले जानकारी दिए ।


 

प्रकाशित: १९ वैशाख २०७७ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App