२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाँचभन्दा बढी सहरमा यातायात बन्द, २५ को मृत्यु, ६ सय बढीमा संक्रमण

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी प्रभावित भएका छन्।

अमेरिकन फौजी किराले ३५० हेक्टर जमिनको धान नष्ट

यसवर्ष उदयपुरको धान उत्पादन घटेको छ। अमेरिकन फौजी किराको प्रकोपका कारण धान उत्पादन घटेको हो।

आलु खेतीमा डढुवा रोगको प्रकोप बढ्दो

आलु खेतीमा डढुवाको रोगको प्रकोप फैलिएको छ। यहाँका अधिकांश क्षेत्रमा लगाईएको आलुमा डढुवाको प्रकोप देखिएको हो। डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान गहुँ खेती गरि रहेका छन्। भदौ महिनामा लगाईएको आलुमा कात्तिक महिनामै डढुवा लागेर सखाप भएपछि किसानले गहुँ, जौँ खेती गर्न थालेका हुन्।

एकैघरका ५ जनासम्म बिरामी

उदयपुरको शाहीखोला बस्तीमा गएरातिदेखि फैलिएका अचानाकको झाडा–वान्ता प्रकोपले दर्जनबढी बिरामी परेका छन्। त्रियुगा नगरपालिका १६ मा पर्ने शाही खोलामा बिरामी पर्नेहरु एकाघरका ५ जनासम्म रहेको स्थानीय शाही टोल विकास संस्थालाई उद्धृत गर्दे वडाध्यक्ष मानबहादुर राईले बताए।

रौतामाईका पशुमा अज्ञात रोगको प्रकोप

उदयपुरको रौतामाई गाउँपालिकामा अज्ञात रोगको प्रकोपले एकै कृषकका आधा दर्जन पशु मरेका छन्। अज्ञात रोगले गाँजेपछि रौतामाई गाउँपालिका ५ मझौलेका हर्कबहादुर राईको गोठमा बाँधिएका ४ गाईगोरु एकैरातमा मरेका हुन्।

फौजी किराको प्रकोपले ३० प्रतिशत धान नष्ट

फौजी किरा नियन्त्रण गर्न नसक्दा सिन्धुलीमा ठूलो परिमाणमा धान नष्ट भएको छ। फैजी किराको प्रकोपले सिन्धुलीमा करिब ३० प्रतिशत धानमा क्षति पुगेको कृषकले जनाएका छन्। धान भिœयाउने समयमा फौजी किराको आक्रमणले धान नोक्सान भएपछि किसान चिन्तित भएका छन्। धान उत्पादनका मुख्य क्षेत्र मानिएका सिन्धुलीको मरिण, दुधौली, सुनकोसी गाउँपालिका क्षेत्रका किसान चिन्तित बनेका हुन्।

फौजी कीराको प्रकोपले धानबाली नष्ट

बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन्।

धानखेतीमा फौजी किराको प्रकोप

धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि बाँकेका किसान चिन्तित बनेका छन्। धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन्। बाँकेमा ३ सय हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ।

डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् ।

डेंगी सार्ने लामखुट्टे नष्ट गर्ने तरिका

गत असारदेखि फैलिएको डेंगीको प्रकोपले जनमानसमा अहिले पनि त्रास छ। साउनदेखि अहिलेसम्म ७ हजार ३ सय ७० जनामा डेंगी संक्रमण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।

बाढीका कारण २० हजार फसे

थाइल्यान्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दाबढी मानिस बाढीका कारण विभिन्न ठाउँमा फसिरहेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० हजार ६ सय २० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरुमा फसेका छन्।

थाइल्याण्डमा बाढी, २० हजार फसे

थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ।

किन बढ्दैछ डेंगी ? यसरी बचौं संक्रमणबाट (भिडियो रिपोर्ट)

प्रदेश अनुसार गएको साउन १ गतेदेखि भाद्र २४ गतेसम्म डेंगीको अवस्था हेर्ने हो भने, प्रदेश नं १ मा ८ सय ३१, प्रदेश नं २ मा ३९, प्रदेश नं ३ मा ३ हजार १ सय २६, गण्डकी प्रदेशमा ९ सय ७२, प्रदेश नं ५ मा ९७, यस्तै, कर्णाली प्रदेशमा ६, र सुदुरपश्चिम प्रदेशमा २७ गरी जम्मा ५ हजार ९५ जना मानिसहरु रहेका छन्।

फौजी किराको प्रकोप बढ्दै

प्रदेश १ का पहाडी जिल्लामा बाली नै सखाप गर्नेगरी अमेरिकी मिचाहा फौजी किराको प्रकोप बढ्दै गएको छ। ओखलढुंगामा देखिएको यो किराको प्रकोप प्रदेश १ का अघिकांश पहाडी जिल्लामा पुगेको छ। नेपालमा नौलो किरा भएकाले यसको नियन्त्रणका लागि ठोस कार्ययोजना बनेको भने देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्