२१ आश्विन २०८१ सोमबार
image/svg+xml

घरघरमा डेंगी

देशभरका ४२ जिल्लामा फैलिसकेको घातक रोग डेंगीले पाँच जिल्लामा प्रकोपको रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार प्रदेश नम्बर १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्कीमा यो रोगले प्रकोपको रूप लिइसकेको छ। गत बिहीबारसम्ममा सुनसरीमा ३ सय ३१, झापामा २ सय ९४, मकवानपुरमा ५ सय ४६, चितवनमा ४ सय ३४ जनामा डेंगी प्रमाणित भइसकेको छ।

फौजी कीराको प्रकोपले किसान चिन्तित

धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन्। गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन्।

गर्मीका कारण जापानमा २३ को मृत्यु

जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ। सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना अस्पतालमा उपचार गराएका छन्।

कीरा नचिन्दै मकैमा अन्धाधुन्ध विष

काभ्रेपलाञ्चोक जिल्लामा यो सिजनको मकैबालीमा नौलो किसिमको कीराको प्रकोप देखिएपछि विषादीको व्यापक प्रयोग हुन थालेको छ।

प्रधानमन्त्री दैवीप्रकोप कोषमा एनआएनएले ५१ लाख सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं क्षेत्रीय बैठक आइतवार सम्पन्न भएको छ। ईटालीको राजधानी रोममा आयोजित बैठकको अन्त्यमा १७ बुँद्धे घोषणापत्र जारी गरिएको छ। बैठकले प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

प्रकोप पीडितलाई नेकपाको आर्थिक सहयोग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाले प्रकोप पीडितलाई सहयोग गरेको छ। बाढी पहिरोमा परेर ज्यान गुमाएका ओखलढुंगाका पाँच परिवारलाई नगद सहयोग गरेको हो। नेकपाका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसका अवसरमा कोष स्थापना गरि पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो।

नेपाली सेनाका ६ हेलिकप्टर स्ट्याण्बाई

नेपाली सेनाले प्रकृतिक प्रकोपमा उद्धार र राहतका लागि ६ हेलिकप्टर स्ट्याण्बाई राखेको छ। नेपाली सेनाका अनुसार काठमाडौंमा ४, ईटहरीमा १ र धनुषामा १ हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।

बाढी पहिरोका घटनाप्रति पूर्वराजाको दु:ख व्यक्त

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन् 'यो बर्षको मौसमी बर्षासंगै राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पैह्रोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दु:खी तुल्याएको छ।'

सिंगो वस्तीमा झाडापखाला

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिंगो वस्तीमा झाडापखालाको प्रकोप फैलिएको छ। साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन्।

विपद्बबाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’

मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन्।

जोखिम न्यूनीकरणबारे सिकाउँदै सेना

जुम्लामा आउन सक्ने सम्भावित प्रकोप र विपद्बारे सचेत पार्दै प्राकृतिक प्रकोपपूर्व अपनाउनुपर्ने क्रियाकलापका विषयमा सिकाउन थालेको हो।

भियतनाममा प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु

यस वर्षको सुरुदेखि हालसम्म भियतनाममा भएका प्राकृतिक प्रकोपका कारण २३ व्यक्तिको मृत्यु वा बेपत्ता भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

धरान डेंगु प्रकोप क्षेत्र घोषणा

डेंगु रोग नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु रोग प्रकोप क्षेत्र घोषणा गरेको छ।

माथिल्लो तामाकोसीको लागत ७३ अर्ब पुग्दै

गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दी तथा प्राकृतिक प्रकोपका कारण बेलैमा सम्पन्न गर्न नसक्दा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बरभन्दा माथि पुग्ने भएको छ। सुरु गर्दा ३५ अर्बले बन्ने अनुमान गरिएको आयोजना सम्पन्न हुँदा ७३ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने भएको छ।निर्माण अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड पुग्ने भएको छ।सरकारले आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गरेको छ।स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि कुल लागत बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्