८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भियतनाममा प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु

भियतनाम–यस वर्षको सुरुदेखि हालसम्म भियतनाममा भएका प्राकृतिक प्रकोपका कारण २३ व्यक्तिको मृत्यु वा बेपत्ता भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

बाढी, पहिरो र आँधीजस्ता प्राकृतिक प्रकोपका कारण तीन सय ३७ अर्ब भियतनामी डोङ्ग अर्थात् एक करोड ४७ लाख अमेरिकी डलर बराबरको आर्थिक नोक्सान पनि भएको छ। 

सन् २०१८ मा भियतनाममा प्राकृतिक प्रकोपबाट २२४ व्यक्ति मृत्यु र बेपत्ता भएका थिए। यस प्रकोपबाट गत वर्ष २० ट्रिलियन भियतनामी डोङ्ग बराबरको आर्थिक नोक्सानी भएको बताइएको थियो। रासस

प्रकाशित: ६ असार २०७६ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App