२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रकोपपीडितको बेहाल

अविरल वर्षापछि ताण्डव नृत्य मच्चाउँदै आएको भेरीले हेर्दाहेर्दै सुर्खेत बराहताल–२ का ३३ वर्षीय मानबहादुर कठायतको घरदेखि लुगाफाटो हुँदै भाँडाकुँडासमेत सबै बगायो। २०७१ सालमा आएको यो बाढीपछि उनी विस्थापित भए। त्यतिबेलादेखि नै ९ जनाको परिवारसहित शिविरमा बस्दै आएका कठायतलाई यतिबेला भेरीको भेलले भन्दा पनि सरकारी झेलले बढी चिन्तित तुल्याएको छ। ‘न शिविर छाड्न सकिन्छ न त घरै बनाउन सकिएको छ,’ उनले भने– सरकार आफैँले बोलेको कुरासमेत पूरा नगरिदिँदा हाम्रो घाउ बल्झेको बल्झ्यै छ।

सर्लाहीको भैरवपुरमा ठेउला फैलियो

जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत भैरवपुर स्थित दलित बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ।

‘एक नदी एक समुदाय’ अभियान

माडी नगरिपालिकामा चुरे पर्वतबाट उत्तरतर्फ बग्ने १८ खोला छन्। साना र ठूला ति खोलाका कारण वर्षात्को समय माडीमा सँधै बाढीको जोखिम उच्च हुन्छ। माडी नगरपालिका वडा नम्बर ६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटक पटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

मौसमी रोगका बिरामी बढे , भाइरल ज्वरोले एकको मृत्यु

जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ। भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ। मृतक बुढाको १८ गते मृत्यु भएको हो।

महानगरद्वारा हावाहुरी प्रभावितलाई ४० लाख सहयोग

काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैविप्रकोप उद्दार कोष मार्फत ४० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। महानरपालिका मेयर विद्यासुन्दर शाक्यले बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४० लाख ३१ हजार ४ सय १३ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

महासंघको ११ लाख सहयोग

राष्ट्रिय सहकारी महासंघले बारा र पर्साको हावाहुरी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । महासंघ अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक बिहिबार हस्तान्तरण गरेको हो ।

प्रकोप व्यवस्थापन पूर्वतयारीमा प्रदेश सरकार कमजोर

प्राकृतिक विपद्को उच्च जोखिममा रहे पनि प्रदेश ५ मा भरपर्दो पूर्वतयारी गरिएको पाइँदैन। बारा र पर्सामा हावाहुरीले ठूलो धनजनको क्षति गरेपछि यहाँका नागरिकले पूर्वतयारी गर्नुपर्ने खाँचो औंल्याए पनि प्राकृतिक प्रकोपको सामना कसरी गर्ने भन्नेबारे प्रदेश र स्थानीय सरकारहरूले तयारी गरेको देखिँदैन।

प्रधानमन्त्री दैवी उद्धार कोषमा काठमाडौं महानगरको ४० लाख

काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा ४० लाख ३१ हजार ४ सय १३ रुपैँया हस्तान्तरण गरेको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्।

सचेत नभए अर्को प्रकोपको खतरा

आइतबार राति आएको हावाहुरीले बारा र पर्साका १६ बस्ती खण्डहरमा परिणत भए। उक्त सूचना छिनभरमा देशभरि फिजिएसँगै के पहाड, के हिमाल, बारा र पर्साको दुःखमा सबै नेपाली एकाकार भए। जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गरे। सहयोगी हातहरु राहत सामग्री लिएर प्रभावित गाउँठाउँ झरे। राजनीतिक दलले पार्टीका नेता तथा कार्यकर्ता खटाए।

अग्निपीडितलाई राहत

खोटाङस्थित प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ। चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेंसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई कोषले राहत रकम प्रदान गरेको हो।

डोटीमा प्रकोप प्रतिरोधका लागि जापानको ९ करोड सहयोग

डोटीका समुदाय र विद्यालयहरुमा प्रकोप न्युनीकरण तथा प्रतिरोध कार्यक्रम सञ्चालन गर्न जापान सरकारले ९ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

जुम्लाका स्थानीय तह प्रकोपको पूर्व तयारीमा

जुम्लाका स्थानीय सरकार प्रकोप पूर्व तयारीमा जुटेका छन्। पछिल्लो समयमा विभिन्न विपद तथा प्रकोपले सताउन थालेपछि स्थानीय सरकारले प्रकोप पर्व तयारीका क्रियाकलाप अपनाउन थालेका हुन्।

किराले सिन्धुलीको जुनार सखाप

सिन्धुलीको प्रमुख नगदे फलफूको रुपमा रहेको जुनारमा किराको प्रकोप बढ्न थालेपछि किसान मारमा परेका छन्। विगतको तुलनामा यस वर्ष किराको प्रकोप झन् बढेसँगै किसान मर्कामा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्