२१ आश्विन २०८१ सोमबार
image/svg+xml

धानमा किराको प्रकोप

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँटका बासु अधिकारीले लगाएको धानमा किराको प्रकोप फैलिएपछि चिन्तित छन् ।

बालवालिकामा जण्डिसको प्रकोप बढ्यो

बर्षायामसँगै जण्डिसका बिरामी बढेका छन्। पानी र खानपिनका कारण देखिने जण्डिसका बिरामी हिजो आज ह्वात्तै बढेका हुन्।

भाइरसले आँखा पाक्ने प्रकोप फैलियो

मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् ।

बागलुङका एक सय बढी ठाउँ प्रकोपको जोखिममा

जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ ।

बढ्यो सरुवा रोगको प्रकोप

अस्पतालहरुमा सरुवा रोगका बिरामीहरु बढेको राजधानीका अस्पतालहरुले जनाएका छन्। टाइफाइड, स्क्रवटाइफस, जन्डिस, ज्वरो, खोकी, झाडापखालाका बिरामी बढेको अस्पतालले जनाएका छन्।

गोलभेंडामा देखिएको टुटा प्रकोप नियन्त्रण अभियान सुरु

जिल्लामा कृषकले लगाएका गोलभेंडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु गरिएको छ ।जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकले लगाएका गोलभेंडामा पात तथा फल जोतुवा किरा अर्थात टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको हो । टुटाको कारण गोलभेंडामा क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालयले अभियान सञ्चालन गरेको हो ।

पश्चिममा झाडापखाला प्रकोप : बिरामी संख्या हजार नाघ्यो

पश्चिम दाङमा फैलिएको झाडापखाला झन पछि झन विकराल बन्दै गएको छ । शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या १ हजार नाघेको छ ।

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रभावकारी भएकाे भनाइ

अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन्।  कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएको  जनाइएको छ।

स्याउ बगैंचामा किराको प्रकोप

स्याउ बगैंचामा किराको प्रकोप बढेपछि जिल्लाका अधिकांश किसान चिन्तित बनेका छन् । बगैंचा व्यवस्थापन र स्याउ काँटछाँट गर्ने कार्यमा लागेका किसान स्याउमा किरा लागेको देखेपछि निरास बनेका हुन्। किरा प्रकोपका कारण अर्को वर्ष जिल्लामा स्याउ उत्पादन घट्ने आशंका गरिएको छ । समयमै किरा नियन्त्रण गर्न नसके जुम्लालाई ‘स्याउ सुपर जोन’ बनाउन कठिन हुने जानकार बताउँछन्।

प्रदूषण र चिसोले खोकीको प्रकोप

राजधानीमा बढ्दो धुवाँ र चिसोका कारण उपत्यकामा दीर्घ खोकीका बिरामी बढेका छन् । अहिले खोकीका रोगीहरूलाई दीर्घ खोकी लागेर निको हुनै महिनौं लाग्ने गरेको चिकित्सकहरू बताउँछन् । ‘पहिला सामान्य उपचार गरेपछि एक सातामा निको हुने खोकी अचेल महिनाैँ लम्बिने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगंजका श्वास–प्रश्वास रोग विशेषज्ञ डा. निरज बमले भने, ‘चिसोका कारणले दमका रोगीलाई सास्ती भएको छ भने नयाँ खोकीका कारण बिरामीहरू पहिला जस्तो छिटै निको हुन सकेका छैनन् ।’

जाजरकोटमा भाइरलको प्रकोप बढ्दै, थप दुईको मृत्यु

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जुनीचाँदेको वडा नम्बर १, २ र ३ लगायत अन्य वडामा फैलिएको भाइरलको प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जाजरकोटमा  भाइरल प्रकोप: थप दुईको मृत्यु, सात सयको उपचार, दुईहजार बढी विरामी

झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । भाइरल प्रभावित क्षेत्रमा  सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान  जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४वर्षिय लालवहादुर भन्डारीको   ज्वरो र पखालाको कारण ज्यान गएको छ भने  सोमवार  जुनीचाँदे गाउँपालिका २ मौगानका १ महिनाका  शिषुको  भाइरलको कारण ज्यान गएको  छ ।

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को  मृत्यु

गत एक सातादेखि जाजरकाेटको विकट गाउँमा फैलिएको रुघाखोकी र भइरल ज्वरोका कारण  ५ बालबालिकासहित  ९ जनाको मृत्यु भएको छ।

डेंगुको प्रकोप देखिएपछि रौतहटवासी त्रसित

रौतहटको उत्तरी क्षेत्रमा संक्रामक रोग डेंगुको प्रकोप देखिएपछि स्थानीय त्रसित देखिएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाको वाड नम्बर १ र ४ मा रहेका बागमती तथा पौराईमा अहिलेसम्म २५ जनामा डेंगुको संक्रमण देखिएपछि स्थानीयबासी त्रसित बनेका हुन् । झन् एकपछि अर्कोमा डेंगुको संक्रमण देखिन थालेपछि आसपासको गाउँमा पनि त्रास फैलिएको छ।

सकरपुरामा झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ।  पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्