२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपाली सेनाका ६ हेलिकप्टर स्ट्याण्बाई

काठमाडौं- नेपाली सेनाले प्रकृतिक प्रकोपमा उद्धार र राहतका लागि ६ हेलिकप्टर स्ट्याण्बाई राखेको छ। नेपाली सेनाका अनुसार काठमाडौंमा ४, ईटहरीमा १ र धनुषामा १ हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।

नेपाल सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य विभिन्‍न संघ संस्थाहरुद्वारा विरतण गर्न मिलाईएको राहत सामग्रीहरु नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा पुर्‍याउन थालिएको पनि सेनाले जनाएको छ।

सेनाले बाढी/पहिरो प्रभावित विभिन्न क्षेत्रहरुमा बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्यलाई जारी राख्‍नुको साथै अवरुद्ध भएका मुख्य तथा सहायक सडकहरु सुचारु गर्नको लागि सहयोग गरेको छ। विभिन्न नदीको तटीय क्षेत्रमा तटबन्दको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेको जनाएको छ।

 

प्रकाशित: १ श्रावण २०७६ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App