२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हरेक दुई-तीन वर्षको अन्तरालमा डेंगु फैलिराछ, सरकारी तयारी शून्य

नेपालमा पहिलोपटक सन २००४ मा डेंगु देखिएको थियो। भारतबाट आयातित डेंगु चितवनमा ३२ जनामा संक्रमण भएको थियो। त्यसयता नेपालमा निरन्तर डेंगु संक्रमण देखिएको छ। सन् २००६, सन् २०१०, सन् २०१३, सन् २०१६, सन् २०१७ मा नेपालमा डेंगुको प्रकोप नै देखिएको थियो भने सन् २०१९ मा डेंगुको झनै ठूलो प्रकोप देखिएको थियो।

बैतडीमा भाइरल ज्वरोको प्रकोप

वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. श्रेष्ठको आग्रह थियो। पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन्।

वाग्मतीमा डेंगी प्रकोप बढ्यो

दुई सातादेखि डेंगी सक्रमण वाग्मती प्रदेशमा सबैभन्दा बढी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

अफगानिस्तानमा हैंजा प्रकोपबाट १२ जनाको मृत्यु

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैंजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।

खानेपानी शुद्धीकरण सचेतना गोष्ठी

काठमाडौंमा हैजाको प्रकोप बढेसँगै काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित जगतसुन्दर ब्वनेकुथि स्कुलमा खानेपानी शुद्धीकरणसम्बन्धी चार दिने सचेतना कार्यक्रम सुरु भएको छ।

मनसुनबाट ५१ हजार बढी प्रभावित हुने आकलन

कर्णाली प्रदेश वर्षेनि बाढी र पहिरोबाट आक्रान्त बन्ने गरेको छ। मुख्य गरी वर्षाको समयमा पहिरो र बाढीका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ भने धनजनमा ठूलो क्षति पुग्ने गरेको छ।

डर लाग्दो प्राकृतिक प्रकोप चट्याङ, चासो कम

चट्याङले न मानव भन्छ न पशुचौपाया। भौतिक संरचनामा त झनै ठूलो नोक्सानी पुर्‍याइरहेकै छ। विश्वमै भूकम्प, भूक्षय, बाढी वा दुर्घटनालाई प्राकृतिक विपत्तिको रुपमा निकै महत्वको साथ हेरिन्छ तर मानिस, जनावर मात्र हैन घर, भवन र भौतिक पूर्वाधार लगायत अन्य क्षति पुर्‍याएर हानी नोक्सानी गर्ने डरलाग्दो प्राकृतिक प्रकोप चट्याङको बारेमा भने चासो कमै भएको पाइन्छ।

दैवी प्रकोप होइन पहिरो, रोक्न सकिन्छ

पुरानो पहिरोमाथिको भाग, भीरको तल्लो भाग, खोल्सीहरूको तल्लो भाग, पहिले पुरेको ठाउँको तल्लो वा माथिल्लो भाग, काटेको र ठाडो भिरालो भएको ठाउँको तल्लो वा टुप्पो भाग, सडकको ठाडो काटिएको भित्तो पहिरोको जोखिममा हुन्छ।

के नेपाल एउटा राज्य पनि हो?

शेरबहादुर देउवाको सरकार सर्वोच्च न्यायालयको फैसलाबाट आएको हो। जुन प्रधानन्यायाधीशले ल्याएको सरकार हो उनैलाई निकाल्न प्रयत्न गर्नु के कृतध्नताको काम भएन र?

'जलवायु परिवर्तनको प्रकोप न्यूनिकरण गर्न क्लिन इनर्जीको उत्पादन बढाउनु आवश्यक'

बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी बढाउनु पर्ने बताएका हुन्।

कपिलवस्तुमा हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन लागइँने

कपिलवस्तुमा हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन लगाइने भएको छ। झाडापखालाको प्रकोप फैलिएसंगै हैजाको पुष्टी भएपछि जिल्लाका पाँच पालिकामा सो खोप लगाइने भएको हो।

झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी

कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्‍यो। गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन।

मौसमी प्रतिकूलता

हामी वर्षैभरि जलवायुसँग सम्बन्धित संकटबाट गुज्रिरहेका छौँ। अब हाम्रो जीवनमा यो अवश्यम्भावी छ भन्ने बुझिसकेपछि त्यसबाट आफूलाई कसरी जोगाउने भन्ने सोच आवश्यक छ।तदनुकूलको अभ्यासका निम्ति सरकारले नागरिकलाई तत्पर गराउन सक्नुपर्छ।

कृष्णनगरमा अझै रोकिएन झाडापखाला

स्थानीयले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन्। स्थानीय मनिष गुप्ताले झाडापखालाका बिरामीको संख्या ५ सय नाघेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्