७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

'जलवायु परिवर्तनको प्रकोप न्यूनिकरण गर्न क्लिन इनर्जीको उत्पादन बढाउनु आवश्यक'

वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी (स्वच्छ उर्जा) को उत्पादन बढाउनु पर्ने बताएका छन्। बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी बढाउनु पर्ने बताएका हुन्। 

उनले क्लिन इनर्जीले नै जलवायु परिवर्तको प्रकोपलाई घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताए। सचिव कँडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुले पनि धेरै असर गरेको बताउँदै त्यसलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्दै लैजानु पर्ने बताए। उनले विद्युतीय सवारीसाधन सञ्चालनका लागि कोप २६ को बैठकमा १९ अर्ब अमेरिकी डलर दिने प्रतिवद्धता भइसकेको बताए।

सचिव कँडेलले जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र क्लिन इनर्जीलाई बिस्तार गर्न मेहनत गर्नुपर्ने बताए। नेपालले पेरिस सम्झौताअनुसार जलवायुजन्य प्रकोपलाई कम गर्न सम्पूर्ण प्रतिवद्धताअनुरुप काम गरेको बताउँदै सचिव कँडेलले नेपाल प्रतिवद्धताअनुरुप काम गर्ने पहिलो देश बनेको पनि बताए।

प्रकाशित: २ मंसिर २०७८ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App