७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

हरेक दुई-तीन वर्षको अन्तरालमा डेंगु फैलिराछ, सरकारी तयारी शून्य

नेपालमा दुईदेखि तीन वर्षको अन्तरालमा डेंगु प्रकोप भइरहेको स्वास्थ्य मन्त्रालयले नै स्वीकार गरेको छ। तर पनि सरकारले यस प्रकोपबाट सर्वसाधारण जोगाउन पूर्व तयारी गर्दैन। यसको मारमा सर्वसाधारण परिरहेका छन्। डेंगुका संक्रमितहरुको संख्या बढिरहेको छ।  

केही समय अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जय ठाकुरले नेपालमा दुईदेखि तीन वर्षको अन्तरालमा डेंगु प्रकोप देखिने गरेको बताए। उनको भनाइलाई आधार मानी नेपालको डेंगु संक्रमणको तथ्यांक हेर्ने हो भने पनि दुईदेखि तीन वर्षको फरकमा डेंगु प्रकोप फैलिएको देखिन्छ। 

लामखुट्टे नियन्त्रणका लागि हामीले विभिन्न कार्यक्रमहरु गर्दै पनि आइरहेका छौं। तर ठ्याकै डेंगु सार्ने लामखुट्टेलाई औषधि हालेर सजिलै निर्मूल गर्न सकिंदैन। यो विश्वकै अनुभव पनि हो। डेंगु नियन्त्रणमा विश्वले नै अगालेको रणनीतिक योजनाहरु हामीले पनि गरेका छौं। 

नेपालमा पहिलोपटक सन २००४ मा डेंगु देखिएको थियो। भारतबाट आयातित डेंगु चितवनमा ३२ जनामा संक्रमण भएको थियो। त्यसयता नेपालमा निरन्तर डेंगु संक्रमण देखिएको छ। सन् २००६, सन् २०१०, सन् २०१३, सन् २०१६, सन् २०१७ मा नेपालमा डेंगुको प्रकोप नै देखिएको थियो भने सन् २०१९ मा डेंगुको झनै ठूलो प्रकोप देखिएको थियो।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगत किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहाल तथ्यांकलाई हेर्दा दुई तीन वर्षको फरकमा डेंगुको प्रकोप देखिएपनि यसको वैज्ञानिक तथ्य भने नरहेको बताउँछन्।

दाहाल भन्छन्,‘डेंगु नियन्त्रणमा हामीले अघिल्लो वर्षको डेंगु संक्रमणको अवस्थालाई आधार मानेर कार्यक्रम निर्माण गरेका हुन्छौँ। लामखुट्टे नियन्त्रणका लागि हामीले विभिन्न कार्यक्रमहरु गर्दै पनि आइरहेका छौं। तर ठ्याकै डेंगु सार्ने लामखुट्टेलाई औषधि हालेर सजिलै निर्मूल गर्न सकिंदैन। यो विश्वकै अनुभव पनि हो। डेंगु नियन्त्रणमा विश्वले नै अगालेको रणनीतिक योजनाहरु हामीले पनि गरेका छौं।’

नेपाल सरकारले डेंगु नियन्त्रणका लागि २०१९ मा निर्माण गरेको निर्देशिका अनुसार नै काम गरिरहेको उनले बताए। ‘हामीले लामखुट्टेको लार्भा मार्ने काम मात्र गरेका छैनौं अन्य जनचेतनाका कार्यक्रमहरु पनि गरिरहेका छौं। संघसँग धेरै स्रोत नहुँदा डेंगु संक्रमण धेरै देखिएकाले स्थानीय तहरुहरुलाई हामीले केही प्रतिशत रकम छुट्टाएका छौं’, दाहालले भने, ‘राज्यले रोकथाम र नियन्त्रण गर्ने रणनीति मात्र अगालेको रोगहरुका लागि पर्याप्त मात्रामा स्रोत नछुटएका कारण रोगहरुको प्रकोप दोहोरिरहने उनको भनाइ छ।’

दाहाल भन्छन्,‘राज्यले निवारण नै गर्ने भनी प्रतिवद्धता गरेको हातिपाइले, औंलो लगायत रोगहरुका लागि ठूलो मात्रामा स्रोतहरु छुट्टिन्छ। तर यस्ता रोकथाम र नियन्त्रण मात्रै रणनीति अंगालेको रोगहरुका लागि चाहेजति, भनेजति स्रोतहरु छुट्टिदैनन्।’

‘डेंगु नियन्त्रणका लागि हामीले गर्ने लामखुट्टेको लार्भा खोज र मार भन्ने कार्यक्रमलाई व्यवस्थित रुपमा लान सकेनौं। डेंगु देखिसकेपछि मात्र कार्यक्रम गर्ने भन्दा पनि देखिनु भन्दा अगाडि नै रणनीतिक योजनाअनुसार अगाडि बढ्नु पर्ने थियो। हामीले प्रकोपको हिसाबले मात्र काम गर्‍याैँ, रणनीतिक योजनाअनुसार काम गर्न सकेनौं।’

सरकारले रोकथाम र नियन्त्रण गर्ने रोगहरुका लागि धेरै मात्रामा स्रोतहरु छुट्टाए सबै पालिकासम्म पुग्न सक्ने उनको भनाइ छ। राज्य संघीय संरचनामा गइसकेकोले सबै काम संघको मात्र नभएर प्रदेश र स्थानीय सरकारको पनि हो भनी स्थानीय सरकारले पनि जिम्मेवारी लिन आवश्यक रहेको दाहालले बताए।

‘डेंगु संक्रमण देखिएपछि मात्र नभएर राज्यले बाह्र महिनामा नै डेंगु नियन्त्रणका लागि कार्यक्रम गर्नुपथ्र्यो। तर हामीले गर्न सेकेनौ। पछिल्लो समय अन्य रोगहरुका कारणले गर्दा पनि हामीले यसमा काम गर्न सकेनौं। आगामी वर्षदेखि बाह्रै महिना डेंगु नियन्त्रणका कार्यक्रमहरु गर्ने योजना बनाइरहेका छौं,’ उनले भने ।

जनस्वास्थ्य विज्ञ घनश्याम पोखरेल डेंगु जस्ता रोगहरुको नियन्त्रणका लागि सरकारले कार्ययोजना बनाएपनि त्यसको कार्यन्वयन नहुँनुले प्रकोप फैलिएको बताउँछन्। पोखरेल भन्छन्,‘डेंगु नियन्त्रणका लागि हामीले गर्ने लामखुट्टेको लार्भा खोज र मार भन्ने कार्यक्रमलाई व्यवस्थित रुपमा लान सकेनौं। डेंगु देखिसकेपछि मात्र कार्यक्रम गर्ने भन्दा पनि देखिनु भन्दा अगाडि नै रणनीतिक योजनाअनुसार अगाडि बढ्नु पर्ने थियो। हामीले प्रकोपको हिसाबले मात्र काम गर्‍याैँ, रणनीतिक योजनाअनुसार काम गर्न सकेनौं।’

डेंगु नियन्त्रणका लागि राज्यसँगै सर्वसाधारणको पनि सक्रिय सहभागीता हुनुपर्ने उनी बताउँछन्। सरकारले बजेट छुटएर तालिम र गोष्ठी मात्र नभएर समुदायलाई पनि रोगको बारेमा बुझाउनुपर्ने उनको भनाइ छ।

‘डेंगु नियन्त्रणका लागि सरकारले निर्देशिका बनाको छ। त्यहाँ सबै कुराहरु उल्लेख छ। डेंगुको अवस्था, भविष्यमा डेंगु आएमा के गर्ने भन्ने कुरा छ। अर्को तीन तहको सरकार छ। रोग नियन्त्रणका लागि संघले निर्देशिका बनाउने र स्थानीय सरकारले कामहरु गर्ने हो भने पनि यस्ता रोगहरु नियन्त्रण गर्न सकिन्छ। त्यसैले तीनै तहको सरकारसँग समन्वय गर्न आवश्यक छ’ उनले भने।

डेंगु भएमा एक्कासी टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्दछ। बास्तोलाका अनुसार डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने गर्दछ।

सरकारले बर्खायाम सुरु हुनुभन्दा पहिलानै संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने, लामखुट्टेको लार्भा खोज र मार अभियानलाई स्थानीय सरकारले व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने, अनुगमनको काम प्रदेश सरकारले गर्नुपर्ने र रोग नियन्त्रणका लागि संघ सरकारले रणनीति बनाएर अगाडि बढनुपर्ने उनले बताए।

विशेषत तराई क्षेत्रमा देखिने डेंगु संक्रमण पछिल्लो समय पहाडी क्षेत्रमा पनि देखिन थालेको छ। डेंगु रोग एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ। नेपालको सन्दर्भमा जुलाई/अगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बर/अक्टोबरमा प्रकोप उच्च बिन्दुमा पुगेपछि विस्तारै घट्ने अनुसन्धानले देखाउँछ।

डेंगु भएमा एक्कासी टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्दछ। बास्तोलाका अनुसार डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने गर्दछ।

डेंगुबाट बच्न घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने, पानी टयांकीमा लामखुट्टे बस्न नदिनका लागि ढाकेर राख्ने, सकेसम्म सुत्दा झुलको प्रयोग गर्ने, खेतबारीमा काम गर्दा सकेसम्म हातखुट्टा ढाक्ने लुगा लगाउने, लामो बुट लगाउने, सकेसम्म साझ घरबाट बाहिर ननिस्कने, लामखुट्टे आउन नदिन विभिन्न खालको औषधिहरुको प्रयोग गर्ने र घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउनु पर्दछ।

प्रकाशित: २८ भाद्र २०७९ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App