२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

खानेपानी शुद्धीकरण सचेतना गोष्ठी

सचेतना कार्यक्रममा पानी शुद्धीकरणबारे जानकारी दिँदै खानेपानी तथा सफाइ डिभिजन नम्बर ५ का प्रमुख अनिलप्रसाद केशरी।

काठमाडौंमा हैजाको प्रकोप बढेसँगै काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित जगतसुन्दर ब्वनेकुथि स्कुलमा खानेपानी शुद्धीकरणसम्बन्धी चार दिने सचेतना कार्यक्रम सुरु भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाद्वारा आयोजित कार्यक्रममा सरसफाइ, पानीजन्य रोग, पानी शुद्धीकरण एवं पानीको संचितीका विधि र तरिकाबारे जानकारी गराइएको छ।

वाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ५ को सहयोगमा सो कार्यक्रम भएको हो। कार्यक्रममा काठमाडौं उपत्यकाभित्र रहेका खानेपानीसम्बन्धी ८० उपभोक्ता समितिहरू सम्मिलित भएका थिए। ती समितिका एक सय ६० जनाले सहभागिता जनाएका थिए। ती खानेपानी उपभोक्ता समितिमार्फत स्थानीय जनतालाई सचेतना विस्तार गरिने आयोजकले जनाएको छ।

आयोजका अनुसार आइतबारसम्म हुने सो सचेतना कार्यक्रममा आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी विशेषज्ञद्वारा  तालिम दिइनेछ। कार्यक्रममा विभिन्न अस्पतालका डाक्टरहरू, आकासे पानी संकलन गर्ने विज्ञलगायतको उपस्थिति रहेको आयोजकले बताएको छ। 

प्रकाशित: १७ असार २०७९ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App