अत्यधिक कोरोना संक्रमणले बढायो त्रास
रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।
रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।
आइसोलेसनमा बसिरहेका बाँकेका एक संक्रमित सोमबार राति फरार भए । जानकी गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ वर्षीय पुरुष फरार भएका हुन् । उनी मंगलबार बेलुकीसम्म पनि फेला परेनन् । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुर निवासी संक्रमित सोमबार राति सुरक्षाकर्मीको आँखा छलेर फरार भएका थिए ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोरोना संक्रमितहरूलाई घर पठाउन थालिएपछि गाउँमा त्रास फैलिन थालेको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालेपछि गाउँमा त्रास फैलिएको हो ।
भोली पल्ट हुँदै गरेको एसईई परिक्षा समेत स्थगित गरेर गत चैत ११ मा एकाएक सुरु गरिएको लामो समयको लकडाउनले जनजीवन अस्तब्यस्त बनेको छ ।
विदेशबाट फर्किएका नागरिक र विदेशमा आफन्त रहेका परिवारका सदस्यमा मनोत्रास छ । यस्तो विपत्तिमा पहिले त मानिसको मानसिक अवस्था ठीक हुनुपर्छ । सबै काम दिमागले गर्छ, उनीहरुको सोच नकारात्मक नहोस् भनी हामीले मनोपरामर्श दिन थालेका हौं ।
छोरी–नातिनीले हातमा निधार राखेर र छोरा–नातिले खुट्टामा निधार राखेर ढोग्ने संस्कार छ सुदूरपश्चिममा । तर, अहिले यसलाई परिमार्जित गर्दै टाढैबाट ढोग्न थालेका छन् आफन्तहरु ।
उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाहाकी सुना राई श्रीमान रासधनसँग मकै गोडमेलमा व्यस्त थिईन् । त्यहीबेला खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलमा एक्लै बसिरहेकी आमा ६१ वर्षीय रत्नकुमारी राईको हत्या भएको अप्रत्यशित खबरले उनीहरु मर्माहत बने ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेको दुई महिना पुगेको छ। चैत ११ गते लकडाउनसँगै अन्तराष्ट्रिय सीमापनि बन्द गरिएका थिए। भारतमा रहेका नेपालीलाई उतै बस्न लगाउने र सीमामा प्रवेश नदिने निर्णयबाट सरकार दुई महिनापछि पछाडि हटेको छ।
नेपालगन्जका पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जना निको भएर आज घर फर्किएका छन् । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालबाट कोरोनालाई जितेर नेपालगन्जको वडा ७ का ६० वर्षिय वृद्धसहित वडा नम्बर ८ का २० जना आज डिस्चार्ज भएका हुन् ।
लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो। सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो।
बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला दाङमा कोरोना संक्रमणको जोखिम बढेको छ । छिमेकी जिल्लामै कोरोनाका बिरामीहरु बढेपछि दाङ नागरिकहरु त्रस्त बनेका छन् । स्थानीय प्रशासनले पनि कोरोना संक्रमणको जोखिम बढेपछि उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रवेश गर्ने हरेक नाकामा सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यि कुनै पनि नाकाबाट नागरिकहरु आवत जावत बन्द गर्नेगरि प्रशासनले नाकामा सुरक्षा निगरानी बढाईएको हो ।
कोरोना त्रास: कोरोनाले अफ्रिकाको अर्थतन्त्रमा पार्ने प्रभाव ? अफ्रिकामा रहेका नेपालीको अवस्था के छ ?
भारतीय तरकारीलाई सिन्धुलीमा आयात गर्न खुल्ला गरेपछि स्थानीयलाई कोरोनाको त्रास बढेको छ । झन्डै तीन साता अगाडीबाट सिन्धुलीमा भारतीय तरकारीसहित तराई तथा बाह्य जिल्लाबाट आउने तरकारी फलफूल अण्डामा प्रतिवन्ध लगाइएको भएपनि हाल खुल्ला गरिएपछि स्थानीय त्रसित बनेका छन् ।
गत वर्षको अन्तिम महिनादेखि अहिलेसम्म डोल्पाका उच्च हिमाली पाटनहरु हिउँले सेताम्मे छन् । बैशाखको तेस्रो साता लागि सक्दा समेत डोल्पाका यार्सायुक्त पाटनहरुमा हिमपात हुने क्रम जारि नै छ । हिमपातलाई डोल्पालीहरु शुभ साइतको रुपमा लिने गर्छन् ।
कोरोना त्रास: लकडाउनलाई कसरी सदुपयोग गर्दै हुनुहुन्छ ?