९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अत्यधिक कोरोना संक्रमणले बढायो त्रास

रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।

आइतबार ७६ जना कोरोना संक्रमित फेला परेका थिए । सोमवार थप १०२ जना कोरोना संक्रमित फेला परेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८७३ पुगेको छ । देशमा कुनै एउटा जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित भएको सम्भवतः रौतहट नै भएको छ ।

कोरोना संक्रमितहरु जति सबै जिल्लाको विभिन्न क्वारेन्टाइनमा नै रहेका छन् । क्वारेन्टाइन भन्दा बाहिरको परीक्षण नभएकोले समाजका कोरोनाको संक्रमण कस्तो छ भनेर तत्काल भन्न नसकिने सम्बद्ध स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा सबैभन्दा बढी ईशनाथ र राजपुर नगरपालिकाका छन् । करिब दुई महिनाअघि जिल्लामा सबैभन्दा पहिलो संक्रमित ईशनाथ नगरपालिकामा नै फेला परेको थियो ।

कोरोना संक्रमण दिनानुदिन बढिरहेको भए पनि बजार भने खुल्लै छ । बजारमा अत्यधिक भीडभाड देखिएको छ । सामाजिक दुरी अपनाइएको र मास्क लगाइएको पनि पाइएको छैन । बजारमा खासै सावधानी नअपनाउँदा जिल्लामा कोरोना संक्रमणको भयावह रुप लिने हो कि भन्ने त्रास बढेको छ ।

प्रकाशित: १ असार २०७७ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App