१८ असार २०८१ मंगलबार
image/svg+xml

आइसोलेसन कक्षमै जन्मियो शिशु

धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया महिलाले आज बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन् ।

आइसोलेसन कक्ष थप गरिँदै

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेशन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिएका छन्।

आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा दिन थालिएको छ । आइसोलेसनमा बस्दा विभिन्न खालका तनाव हुने भएकोले एक सातादेखि नियमित रुवमा मनोविमर्श सेवा प्रदान गरिर्दै आएको हो ।

आइसोलेसन केन्द्रमा सहयोग जुट्दै

भखैरै सरुवा भएर ईलाका प्रशासन कार्यालय सिमरा गएका रोल्पा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनका लागि ब्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाएका छन् ।

आइसोलेसनमा तयारी नपुगेपछि संक्रमितलाई मध्येरातमा अस्पताल सारियो

बुधवार र शुक्रवार कोरोना संक्रमण पुष्टि भएका १६ जना मध्ये पालुङटार नगरपालिकाका दुई जनालाई शनिवार साँझ एम्बुलेन्समा राखेर गोरखा क्याम्पसमा निर्माण भएको आइसोलेसनमा राख्न लगियो।

चार दिनमा ७० बेड क्वारेन्टिनसहितको आइसोलेसन तयार

भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ। ११ वटै स्थानीय सरकार मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड तयार गरेका हुन्।

चार दिनमा ७० बेडको आइसोलेसन तयार

भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । ११ वटै स्थानीय तह मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड तयार गरेका हुन् ।

आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड उपलब्ध गराउने

सरकारले स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले प्रदेश सरकार मार्फत स्थानीय तहहरूलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको हो । कोरोना संक्रमण बढ्दै गएको अवस्थामा थप क्वारेन्टिन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले केन्द्रीय कोभिड—१९ कोषबाट ३५ करोड रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

कोरोना कहर : ‘डाक्टर भरोसा’ ! कि ‘भगवान भरोसा’ !

घुमाउरो पारामा सरकारले कोरोनाविरुद्धको लडाईमा आत्म सर्मपण गरिसकेको अबस्थामा आम जनताको स्वास्थ्य ‘डाक्टर भरोसा’ कि ‘भगवान भरोसा’मा टिकेको छ ।

आइसोलेसन कक्ष अभाव हुने देखियो

कोरोना संक्रमित बढ्दा आइसोलेसन कक्ष भरिन थालेका छन् । बिस्तारै देखिन थालेका संक्रमित ह्वात्तै बढ्न थालेसँगै केही दिनमै आइसोलेसन कक्षको चरम अभाव हुने देखिएको छ ।

आइसोलेसन बेड तयार नहुँदा संक्रमित क्वारेन्टिनमै

बिहिवार थपिएका ११ जनासहित गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । पालुङटार नगरपालिकाका एक महिलासहित ७ जना र शहिद लखन गाउँपालिकाका चार जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

आइसोलेसनका लागि स्वास्थ्य सामग्री

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागले रोल्पा सदरमुकाममा स्थापना गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ र रोल्पा अस्पतालका लागि ठूलो मात्रामा बिभिन्न स्वास्थ्य सामाग्री पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल र जिल्ला प्रसाशन कार्यालयमा पठाइएका उक्त सामग्री प्रतिनिधि सभा स्वास्थ्य तथा जनसंख्या समिति सभापती जयपुरी घर्तीले एक औपचारीक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।

कैलालीका स्थानीय तहले बनाए ‘आइसोलेसन कक्ष’

कैलालीका स्थानीय तहहरुले कोरोना सङ्क्रमितको स्थानीय तहमा नै उपचार गर्न आइसोलेसन निर्माण गरेका छन्। घोडाघोडी, टीकापुर, गौरीगङ्गा र लम्किचुहा नगरपालिकाले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशन अनुसार आइसोलेसन निर्माण गरिसकेका छन्।

धादिङमा कोरोना संक्रमित र भारतबाट आउनेहरू बढे

धादिङमा क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको छ । कोभिड–१९ संक्रमित र भारतबाट आउनेहरु ह्वात्तै बढेकाले क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको हाे ।

गोरखा अस्पतालको आइसोलेसन भरियो, नयाँ निर्माणमा ढिलाई

पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएका थप १० जनाको मंगलबार रिपोर्ट आएसँगै गोरखा अस्पतालको आइसोलेसन भरिएको छ । २५ बेड क्षमताको आइसोलेसन रहेको अस्पतालमा मंगलबार रिपोर्ट पोजेटिभ आएका गोरखा नगरपालिका भित्र क्वारेन्टिनमा बस्दै आएका सात जना, बारपाक सुलिकोट गाउँपालिकाका दुई र गण्डकी गाउँपालिकाका एक जना गरी १० जना थपिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्