७ वैशाख २०८१ शुक्रबार
समाज

आइसोलेसन केन्द्रमा सहयोग जुट्दै

‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ । तस्बिर : दिनेश/नागरिक

भखैरै सरुवा भएर ईलाका प्रशासन कार्यालय सिमरा गएका रोल्पा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनका लागि ब्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाएका छन् । उनि समेतको पहलमा १२ दिन अगाडी स्थापना गरिएको आइसोलेसन केन्द्रमा सहयोगका लागि त्यहाँ खटिएका चिकित्सकले अपिल गरेपछि उनि लगायतका दाताबाट रकम जम्मा हुन थालेको हो ।

‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा खटिएका डा. अनिल केसिले एक बिज्ञप्ती मार्फत ढकाललाई धन्यबाद समेत दिएका छन् । यसैगरि युनाईटेड साईन्टिफिक एण्ड सर्जिकल हाउस दाङका बालकुमार घर्तीले बिभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । डिभिजन वन कार्यालयमा कार्यरत १२ जना कर्मचारीहरुले २५ हजार सहयोग गरेको आइसोलेसन केन्द्रले बताएको छ ।  

तीन महिला र ३७ पुरुष गरि ४० जना संक्रमित राखिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा रहेका संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि गोर्खा एक्सलेन्ट ट्रेनिङ सेन्टर तथा गोर्खा युनिक रेष्टुरेन्टका पदम थापा र ओबिलाल रावतले एकदिनको खाना नास्ताको ब्यवस्था गरिदिएका थिए । त्यस्तै स्थानीय युवा प्रकाश डागी, अनिल डागी, टार्जन डागी, टेकबहादुर डागी र सुमन डागीले एक दिन केन्द्रमा रहेका संक्रमित, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि फलफूलको ब्यवस्था गरिदिएकोमा आइसोलेसनका डा. अनिल केसिले बिज्ञप्ती मार्फत धन्यबाद दिएका छन् ।  

‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनका सुरुका दिनमा कार्यालय सहयोगी जान नमानेपछि स्थानीय युवा गगन केसि, प्रकाश झाकृ, राजकुमार बुढामगर, कर्मराज पुनमगर, रणबहादुर घर्ती र अनुनय आचार्यले स्वय सेवकका रुपमा सहयोग समेत गरेका थिए । आइसोलेसनमा खटिएका डा. अनिलले दैनिक बिज्ञप्ती मार्फत सहयोगका लागि अपिल गर्ने गरेका छन् ।  

 

 

प्रकाशित: ८ असार २०७७ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App