१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइसोलेसनमा तयारी नपुगेपछि संक्रमितलाई मध्येरातमा अस्पताल सारियो

बुधवार र शुक्रवार कोरोना संक्रमण पुष्टि भएका १६ जना मध्ये पालुङटार नगरपालिकाका दुई जनालाई शनिवार साँझ एम्बुलेन्समा राखेर गोरखा क्याम्पसमा निर्माण भएको आइसोलेसनमा राख्न लगियो। आइसोलेसन तयार भए पनि त्यहाँ राखेकाहरुलाई खान खुवाउने, हेरचाह गर्ने, उपचारमा खटिने कर्मचारी, स्वास्थ्यकर्मीको अभावले रातरात गोरखा अस्पताल फर्काइएको छ।

‘शनिवार राति दुई बजे पालुङटारका एक दम्पतीलाई गोरखा अस्पताल ल्याइएको छ’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने। भिमसेन थापा गाउँपालिकाका पाँच जना, पालुङटार नगरपालिकाका पाँच, शहिदलखन गाउँपालिकाका चार जना आइतवार बिहानसम्म संम्बन्धित पालिकाको क्वारेन्टिनमै छन्। संक्रमण पुष्टि भएकै दिन उनीहरुलाई आइसोलेसनमा ल्याउनुपथ्र्यो। आइतवार उनीहरु सबैलाई क्वरेन्टिन ल्याउन तयारी गरिएको छ।  

गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा अझै काम बाँकी रहेको जिल्ला समन्वय समितिका प्रमुख एवं आइसोलेसन एवं कोष ब्यवस्थापन समितिका संयोजक अशोककुमार गुरुङले भने। ‘कर्मचारी ब्यवस्थापन र केही काम बाँकी छ, धेरै काम सकिइसक्यो’ उनले भने। ११ वटै स्थानीय तह मिलेर पाँच÷पाँच लाख संकलन गरी सदरमुकामको गोरखा क्याम्पसमा आइसोलेसन बनाउने निर्णयसहित काम सुरु भएको थियो। लगातारको वर्षातका कारण काम ढिलो भएको र संक्रमण पुष्टि भएकालाई ल्याउन समस्या भएको समितिले जनाएको छ।

प्रकाशित: ७ असार २०७७ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App