६ वैशाख २०८१ बिहीबार
समाज

आइसोलेसन कक्ष थप गरिँदै

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेशन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिएका छन्। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशन कक्षको निरीक्षणपछि उहाँले जिल्लामा थप आइसोलेशन कक्षको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुँन्।

आइसोलेशन कक्षको अभावमा कोरोना सङ्क्रमित क्वारेन्टिनमै बस्नुपर्ने अवस्था आएको जनाउँदै उनले पर्याप्त आइसोलेशन कक्ष बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए। उनले आइसोलेशन कक्षको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने समेत जानकारी गराए।  

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिल्लामा आइसोलेशन कक्ष थप गर्नका लागि ठाउँको खोजी गरिएको जानकारी दिए। जिल्लाका नौ स्थानीय तहमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित: ११ असार २०७७ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App