१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आइसोलेसन कक्षमै जन्मियो शिशु

धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया महिलाले आज बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन् ।  

धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेसन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी थिइन् । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  

भारतबाट घर फर्केका श्रीमान श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेसनमा भर्ना गरिएको थियो । हालसम्म बाग्लुङमा १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।  

प्रकाशित: ११ असार २०७७ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App