५ आश्विन २०८१ शनिबार
image/svg+xml

महालक्ष्मी बैंकद्वारा शताब्दी पुरुष जोशीको चाहानाप्रति सम्मान व्यक्त

महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष स्व सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न उहाँँद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनार्थ सहयोग प्रदान गरेको छ।

शताब्दी पुरुष जोशीको शवः उमेर अनुसार शरीरका अंगले गर्ने कामको अध्ययन गर्दै अस्पताल

वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ।

सत्यवादी सत्यमोहन जोशी

कर्णालीको जुम्ला र सिन्जालाई सम्झँदै शताब्दी पुरुषले भन्ने गर्थे– ओहो ! त्यहाँको देउडा गीत यति मार्मिक रहेछ कि पहिले बुझ्न कठिन, बुझेपछि छोड्न कठिन। कहिले रुवाउने, कहिले हँसाउने अनि कहिले नचाउने खालका गीतले मेरो मनलाई छोएको छ।

'नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा सत्यमोहन जोशी'

स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए। प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।

राष्ट्रियताको ध्वनि गाउने सत्यमोहन जोशी

जीविकोपार्जनका लागि मात्र सामान्य कर्म गरेर जीवन व्यतीत गर्ने मानिस सामान्य नै रहन्छ। आम मानिसको कर्म वा दिनचर्या यसैमा मात्र सीमित हुन्छ।

मेरो हात नपरेको सत्यमोहन दाइको त्यो पुस्तक

सत्यमोहन जोशी संस्कृतिविद् अनि साहित्यकार मात्रै हुनुहुन्नथ्यो। उहाँ महापुरुष हुनुहुन्थ्यो। उहाँ देशकै सम्पत्ति हो। राष्ट्रकै धरोहर हो। दाइमा अहंकार कत्ति थिएन। कहिल्यै घमन्ड गर्नुभएन। सबैलाई सम्मान गर्ने, माया गर्ने, प्रोत्साहन दिने उहाँको बानी थियो। मलाई उहाँको त्यही कुरा मन पथ्र्याे।

सत्यमोहनको सम्मानमा आज बिदा

सरकारले संस्कृतिविद् एवम् वाङ्मय पुरुष सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जोशीलाई राष्ट्रिय सम्मान

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्झनामा शताब्दी पुरुष

उच्च विचारसहित सरल जीवन बाँचेका जोशी जीवनभर नेपाली तथा नेवारी वाङ्मयको संरक्षण, संवद्र्धन र विकासमा लागिपरे। तीनपटक मदन पुरस्कार विजेता उनी उज्ज्वल कीर्तिमान राष्ट्रदीप, सुप्रबल गोर्खा दक्षिण बाहु, विख्यात त्रिशक्ति पट्ट,, मानार्थ विद्यावारिधिलगायतबाट पनि विभूषित थिए।

सधैँ सक्रिय

संस्कृतिविद् सत्यमोहन जोशीको नाम सम्झनेबित्तिकै श्रद्धाले शिर झुक्छ। सामाजिक जागरण, लोकसंस्कृतिको उन्नयन र साहित्यको श्रीवृद्धिमा अनवरत सक्रिय उनी शतायुमा आइपुग्दा पनि उत्तिकै चिन्तनशील छन्। मानव हितमा क्रियाशील छन्।

शताब्दीका साक्षी

शताब्दी पुरुष सत्यमोहन जोशी अब आफ्ना कीर्तिहरूमा हामीबीच बाँचिरहने छन्। सक्रिय र सार्थक जीवनका पर्याय बनेका उनको आइतबार बिहान ७ः०९ बजे निधन भएको हो।

सहकर्मी शुभेच्छुकले यसरी सम्झिए वाङ्मय शताब्दी पुरुष जोशीलाई

'सत्यमोहन जोशी एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जो १०३ वर्षसम्म अनवरत अध्ययन, शृङ्खलाबद्ध रूपमा राष्ट्रको श्रीवृद्धि गर्नमा योगदान गर्नुभएको छ, उहाँको योगदानको अहिले वयान गरेर साध्य हुँदैन',

सत्यमोहनको जन्मकुण्डली जलाउँदै उनका छाेराहरू दिए श्रद्धाञ्जली

पिताको इच्छा बमोजिम शरिर अस्पताललाई दान दिएपछि उनका जेठा छोरा अनुराज र कान्छा छोरा डा पूर्णराज जोशीले बुवा सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउॅदै श्रद्धाञ्जली अर्पण गरेका छन्।

जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवा र प्रचण्ड(तस्बिरसहित)

ललितपुर महानगरपालिका परिसरमा राखिएको जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतम पुगेका हुन्।

श्रद्धाञ्जलीका लागि किष्ट अस्पताल परिसरमा राखियो सत्यमोहन जोशीको पार्थिव शरीर(तस्बिरसहित)

जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्