१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा शताब्दी पुरुष जोशीको चाहानाप्रति सम्मान व्यक्त

महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष स्व सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न उहाँँद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनार्थ सहयोग प्रदान गरेको छ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुर्‍याएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राखेका चाहनालाई मूर्त रूप प्रदान गर्न बैंकले पुस्तक प्रकाशनार्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा लोर्कापण भएको थियो।बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक रूपान्तरणका लागि निरन्तर विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने बताएकोे छ।  

प्रकाशित: ३१ वैशाख २०८० ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App