आँखा चिम्ली आएथें, आँखा चिम्ली जानु छ
आँखा चिम्ली आएथें, आँखै चिम्ली जानु छ भनेथें। आँखा चिम्ली रहुन्जेल गर्भे बालकले आफ्ना पूर्वजन्मको सबै कुरा सम्झँदा रहेछन्। आँखा उघार्दै च्याँ गर्नेबित्तिकै पूर्वजन्मका सबै दृश्य अलप हुँदा गर्छन् ।
आँखा चिम्ली आएथें, आँखै चिम्ली जानु छ भनेथें। आँखा चिम्ली रहुन्जेल गर्भे बालकले आफ्ना पूर्वजन्मको सबै कुरा सम्झँदा रहेछन्। आँखा उघार्दै च्याँ गर्नेबित्तिकै पूर्वजन्मका सबै दृश्य अलप हुँदा गर्छन् ।
सत्यमोहन जोशी संस्कृतिविद् अनि साहित्यकार मात्रै हुनुहुन्नथ्यो। उहाँ महापुरुष हुनुहुन्थ्यो। उहाँ देशकै सम्पत्ति हो। राष्ट्रकै धरोहर हो। दाइमा अहंकार कत्ति थिएन। कहिल्यै घमन्ड गर्नुभएन। सबैलाई सम्मान गर्ने, माया गर्ने, प्रोत्साहन दिने उहाँको बानी थियो। मलाई उहाँको त्यही कुरा मन पथ्र्याे।
विश्व सांस्कृतिक मुहार एक समान छैन। प्रकृति पर्यावरण विश्वभर उस्तै छैन। भूअवस्थिति उस्तै छैन। अन्तर छ– पर्यावरण। फरक पर्यावरणवश रहनसहन बेग्लाबेग्लै भए। संस्कार, सांस्कृतिक चाडपर्व आआफ्नै भए।
संस्कृत भाषालाई देववाणी मानिन्छ । आर्यावर्तमा देवादिदेव महादेवका शंखध्वनि ओमकार नाद ब्रह्मबाट निसृत भएको छ । मेरो पुस्तासम्मले स्कुली पठनपाठनसम्म यसोतसो गर्दै अलिअलि अध्ययन ग-यौँ संस्कृत ।
राष्ट्रकविका छोटो शब्दावलीका बुनोटमा प्रस्फुरित मुक्तकभित्र खाँदिएका भावधारा प्रवाहित भएका छन्।
उहाँको कीर्तिमय जीवन जता गयो, उतै कीर्ति। उहाँले लोकगीत, लोककथा, लोकभाका संग्रह मुखरित भएर लेख्नुभएको छ। उहाँले नेपालको संस्कृतिका लागि महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँले २०१६ सालमा तथ्यांक विभागको खरिदारको नियुक्ति पाउनुभएको थियो।
स्थानीय सम्पदा संरक्षण अभियानको गर्भ हाम्रो सांस्कृतिक चेतनाका अन्तर्यसित नै आबद्ध रहिआएको वास्तविक रहेको यथार्थ हो। लिच्छवि र मल्लकालीन सांस्कृतिक सम्पदा अद्यावधिक रहनु यसको ज्वलन्त प्रमाण रहेको वास्तविकता नकार्न सकिन्न। आवधिक काल समयमा भएका दैवी÷प्राकृतिक प्रकोपले तहस नहस पारेका सम्पदा–संस्कृति तत्कालीन सीप र प्रविधि अनुरूप संरक्षण भई आएको वास्तविक अभिलेख यतैकतै वा विश्वका कुनै भागका संग्रहालयमा सुरक्षित रहन सक्ने सम्भावना पनि उत्तिकै सम्भाव्य खोजिनीतिका पृष्ठ पक्कै हो। यस सम्भावनालाई हामीले आफ्नै सरोकार ठान्नु, मान्नु उपयुक्त नै रहनेछ।
विमोचनको बिगबिगी व्यंग्य निबन्ध संग्रहभित्रका अन्तिम ३०औँ निबन्ध ‘मालाका कमाल’ व्यंग्यवाणमूलक अभिव्यञ्जना रहेको छ । व्यंग्य उपहासजनक अभिव्यक्तिको घोचक वाणको धारिलो प्रहार रहे–बनेको हुन्छ । घोचक अभिव्यक्ति रोचक पनि हुन सक्छ । घोचक प्रहारलाई रोचक बनाउन अभिव्यञ्जना सीप चाहिएको हुन्छ । त्यस्तो सीपको स्वरूप अनेक थरीका हुन सक्छन् । स्वरूप शब्दले लेखकीय व्यक्तित्वलाई इंगित गर्छ । लेखकीय व्यक्तित्वले स्वयं लेखकको आफ्नै सोच, विचार, अभिव्यक्ति मूलक मनसाय÷मनोवृत्ति क्षमता, आदि पक्षका अनेक आग्रहलाई अँगाल्छ, समेटिएको हुन्छ । व्यंग्यकार नरेन्द्रराज पौडेल केन्द्रीय नेपाली प्रशासन अन्तर्गत स्थानीय÷जिल्ला प्रशासन यन्त्रको प्रमुख जिल्ला अधिकारीको पदीय हैसियत सम्हाली निवृत्त भएका लेखक रहेका छन्।
संस्कारले नै हामी संस्कृतिप्रेमी र संस्कृतिमैत्री बनेका छौँ । संस्कार मानिसको चेतनागत कुरो हो, यो मनोविज्ञान पनि हो । प्रत्येक चालचलनसित संस्कार सिञ्चित रहन्छन् र यिनै संस्कार नै संस्कृति बन्छन् । संस्कारलाई संस्कृतिको मनोगत धारणाको सम्प्रेषण भन्न सकिन्छ । यस्ता सम्प्रेषणमा मानिसका धारणा र विश्वासले अवतरण गरिरहेको हुन्छ । मानिस जे गर्छ, त्यो उसको विश्वासमा आधारित अवधारणाको मूर्त रूप हो ।
मातृ मुहार दर्शन महोत्सव ! चारै शब्द फरक छन् । चारैसित नेपाली सबै परिचित हामी । आमाको मुख हेर्ने चाड दिवस, उत्सव । मातृ कोखको महिमा दिवस । कुनै संस्था वा उपलब्धि दिवसभन्दा कहाँ कताको उच्चतम् अवसर ।
घुमिफिरी फेरि एक पटक नेपाली नागरिकहरुले संवैधानिक नागरिक परिचायक मत दिने अवसर प्राप्त गरिसकेका छन्। नेपाली नागरिकताको प्रमाण पाइसकेका सबै मतदाता अब संवैधनिक नेपाली ठहरिएका छन् कानुनतः। नेपाली नागरिकहरुका निर्वाचित जनप्रतिनिधिहरुद्वारा संरचना भई राष्ट्रपतिद्वारा सहीछाप लगाइएका संसदीय विधेयकको अन्तिम संज्ञा कानून हो ।
प्रत्येक महिना शुक्ल र कृष्ण दुवै पक्षमा एकादशी तिथि पुनरावृत्त भइरहन्छ, खगोलीय गतिमानअनुरुप निरन्तर एकै ढर्राले । ग्रहगोचरहरुका आपसी आकर्षण गुरुत्वाकर्षणले यसलाई निरन्तरता दिएको छ, दिई नै रहन्छ।