२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

भाषा, जीवन संस्कार, संस्कृति, सम्पदा

एक सय ७३ हाराहारी समुदाय, समुदायका आ–आफ्ना जीवन संस्कार, संस्कृतिमूलक अभिव्यक्तिलाई सगर्व मुखरित गर्ने सशक्तमाध्यम रहे, बने, बनाइएका छन् भाषा । तिनै मुखरणका सजीव, सशक्त अभिमुखीकरणका माध्यम भाषा हुन् सबका भाषा । प्रत्येक समुदायले बोल्ने ती थरीथरीका भाषालाई हाम्रो राष्ट्र नेपालको वर्तमान प्रजातान्त्रिक समाजवाद उन्मुख लोकतान्त्रिक गणतान्त्रिक संविधानले मान्यता प्रदान गरेको छ । यद्यपि देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सबै तहका संघीय, प्रादेशिक स्थानीय जननिर्वाचित महानगर, उपमहानगर, नगर, गाउँपालिका र वडा सरकारहरू यावत्ले नेपाली भाषालाई नै सार्वजनिक अभिलेखीकरणका माध्यम ठानीमानी आएका छन । राष्ट्रको आवश्यकता अनुसार अवसरहरूमा परिमार्जन, परिवद्र्धन, संवद्र्धन, संशोधन गर्न पाइने उन्मुक्त नेपालको संविधानले हर नेपालीलाई उन्मुक्त अवसर प्रदान गरेको बिहानीझैँ छर्लंग छ ।

भाषा प्रत्येक जनसमुदायका आ–आफ्ना मातृकोष÷आमाको गर्वदेखि सुन्दै सिक्दै आएको अभिव्यक्ति सूत्र हो । तथापि भाषा विज्ञान अनुसार विमातृभाषिक अन्य भाषाहरू पनि जन्मजात नागरिकले सरहनै उच्चारण गर्न सक्छन् । यसोहुनुको कारण चार वर्षसम्म प्रत्येक बालबालिकाको कण्ठनाद (भोकल कर्ड)नितान्त मुलायम र लचकदार रहने शरिर विज्ञानसम्मत रहनु हो । समुदाय समुदायबीच अन्तर घुलन÷परस्पर सम्बन्ध कायम हुन सक्दा भाषिक कण्ठनाद तरल बन्न सक्छ । यो मात्र मनगढन्ते बखान होइन, आफैँ जीवन अनुभूति रहेको भुक्तभोगी यथार्थ हो ।

म आफैँ पनि नेवार समुदायमा जन्मीहुर्की आएको नेपालभाषा भाषी चेतहुँ । १९९७ को श्रीपञ्चमी सरस्वती आराधना दिवसका दिन हिन्दू आचार विचार र संस्कार अनुसार विधिवत सांस्कृतिक संहिता मनाई आएको छोरो भएको प्रचुर अनुभूति आर्जन गरी सांस्कृतिक प्राणी बनेको सत्यकथा छ । मेरा आफ्नै पुस्ताका सखाहरूको मात्र के भाइबहिनी पुस्ताका सेरोफेरो बन्धुबान्धवहरू पनि पूर्ण नेपाली कण्ठनादमा स्वर शब्द मुखरण गर्न नभ्याइरहेका प्रत्यक्ष भोगाइ जीवन कथनको अनुभूति बटुलेको छु । शैक्षिक अनुरागका प्रवृत्तिले ध्वनि विज्ञानमा सुधारात्मक प्रवृत्ति, प्रकृति र संस्कारात्मक सुधार आएको छ । त्यसो हुनुको कारणमा शैक्षिक अनुबन्धका व्यापक व्यवस्थापन, त्यसबाट सिर्जित सामाजिक, संसर्ग, पर्यावरण, अन्तर्र्घुलन आदि द्योतक रहेका छन् । विभाषी समुदायको जनजिब्रो जन्मजात परिवेश र सामाजिक संस्कारगत जनसमुदायले बोले जतिकै बोल्न सकिन्न । यो प्राकृत पर्यावरणीय सत्यतथ्य रहेको छ । यसकारण निसंकोच भन्न सकिन्छ कि भाषा प्रत्येक जन समुदायको संवेदनशील संचेतनाका मूल जरो नै हो । भाषिक संस्कारका दिव्य चेतनाले गर्दा नै प्रत्येक समुदाय र सामुदायिक राष्ट्रका सांस्कृतिक महत्तामय चेतना जाग्नु सम्पदामूलक महत्ता बोधितत्व नै मान्नुपर्दछ । सच्चाइमा भाषिक संरचना प्रत्येक सामुदायिक राष्ट्रका जीवन संस्कार संस्कृतिका संवाहक सम्पदा नै रहे बनेका छन् विश्वभरि नै ।

संस्कृत भाषालाई देववाणी मानिन्छ । आर्यावर्तमा देवादिदेव महादेवका शंखध्वनि ओमकार नाद ब्रह्मबाट निसृत भएको छ । मेरो पुस्तासम्मले स्कुली पठनपाठनसम्म यसोतसो गर्दै अलिअलि अध्ययन ग-यौँ संस्कृत ।

संस्कार आफू जन्मे–हुर्केको परिवार, पारिवारिक घनिष्ठ नातागोता, सगोत्रीय दाजुभाइ, चेलिबेटी सम्धि आदि बीचका रहनसहन आदिले प्रभावित रहेर समृद्ध भएको हुन्छ । सूक्ष्म तवरले अध्ययन, चिन्तन मनन गरी गम्भीर विश्लेषण गर्दा आफ्नै घर–परिवारको परिसरमै यस्तो अन्तरभेद भेटाएको छु । अलि बढी भाषा विज्ञानतर्फ मानसिक झुकाव भएकाले खिसिक्क छेस्का मात्र भेटाए पनि कान ठाडो हुँदो रहेछ । यो सबै भाषिक अनुरागका कारकतŒव बन्दो हो भन्न मनपराउँछु । यही अनुरागका हेक्का लागेर झिनामसिना शाब्दिक विचलनहरू सुन्दा, पढ्दा मनै थाम्न कठिनाइ पर्दो रहेछ । पत्र–पत्रिकाहरूराष्ट्रिय दैनिक, साप्ताहिक, मासिक र मधुपर्कजस्ता बहुचर्चित साहित्यिक पत्रपत्रिकाका लेखक, कवि समीक्षक महानुभावहरू समेत यस फन्डामा फसेका छन् ।  

प्रज्ञा प्रतिष्ठानबाट सम्पादित पत्रपत्रिका, प्रकाशित पुस्तकहरू पनि अछुतो रहन नसकेको छँदा यो बबुरोको मनै छियाछिया पर्छ । उदाहरण स्वरूप केही भाववाचक नामसंज्ञा प्रस्तुत गर्न चाहन्छु यहाँ । जस्तै: संस्कृत तत्सम शब्द गम्भीर, गम्भीरता,गाम्भीर्य हुन्छ । अचेल प्रायः राष्ट्रिय दैनिक पत्रिका, साहित्यिक मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक पत्रिकाहरूमा समेत संस्कृत तत्सम भाववाचक शब्दहरू गम्भीरतालाई तिलाञ्जलि दिई ‘गाम्भीर्यता’ प्रयोग गरिरहेछन् । यो एउटा प्रतिनिधि स्वरूप एक शब्द मात्र हो । यस्तै प्रकारका अरू कैयौँ भाववाचक संज्ञा संस्कृत शब्दहरूको वियोग भइरहेका छन् । उदाहरण स्वरूप यहाँ दुई–चार शब्द प्रस्तुत गर्न चाहेको छु । जस्तै: धीरता, धैर्यलाई विद्रुप पारी धैर्यता लेख्न हिच्किचाउन्नन् युग लेखकहरू यहाँ ! संविधानतः नेपाल राष्ट्रका तमाम समुदायका मात्रृभाषाहरूराष्ट्र भाषामा समावेश भइसकेका छन् । ती भाषा जजसका मौलिक लिपि र वैयाकरणिक पद्धति छन्, तिनले आ–आफ्नै मूल्य–मान्यता मुताबिक लिपिबद्घ गर्छन्, गरिरहेकै छन् । नेपाली भाषा जुन नेपालकै राष्ट्रिय सञ्चार, संवाद सामूहिक सम्प्रेषणका मूल माध्यम रहेका छन्, अन्तर्राष्ट्रिय खोज, अध्ययन र सम्प्रेषणका ढुकढुकी बने, रहेको छ । त्यसमा यति विघ्न विसंगतिपूर्ण शब्दविन्यास हुनु थिएन ।फेरि ती शब्दहरूमौलिक नेपाली मूलका शब्द नभई संस्कृत वाङमयका शब्दहरू रहेका छन् । विवशताबाहेक अरू के नै जाहेर गर्न सक्छु आठ दशक उमेर पार गर्ने संघारमाथि छलाङ मार्दै गर्दाको यो घडीमा !

जरोकिलो कारण यसका
संस्कृत भाषालाई देववाणी मानिन्छ । आर्यावर्तमा देवादिदेव महादेवका शंखध्वनिओमकार नाद ब्रह्मबाट निसृत भएको छ । मेरो पुस्तासम्मले स्कुली पठनपाठनसम्म यसोतसो गर्दै अलिअलि अध्ययन ग-यौँ संस्कृत । २०२८ सालको नयाँ शिक्षा आयोजनाले संस्कृत वाङमयको पाठ्यक्रमैबाट जरोकिलो उखेलिन थालियो । नेपाली वाङमय जीवन संस्कारमा ठूलै कुठाराघात प-यो । संस्कृत वाङमय अब एकादेशको प्रसंग बन्नपुग्यो । वर्तमान कालखण्डमा आएर नेपाल सरकार, शिक्षा मन्त्रालयले स्कुलदेखि नै संस्कृत भाषा शिक्षण अनुशिक्षण गर्न पाठ्यक्रम निर्धारण गर्ने नीति निर्धारण गर्ने गरेको थाहा भएको आमसञ्चारले जनाएको छ । यसो हुनसकेको खण्डमा वर्तमानका साथै आगामी पुस्ताहरूका लागि समेत भरपर्दो आधार स्तम्भ खडा हुने नै भयो । यसलाई भूकम्पले हल्लाई टुटाई फुटाएका रुग्न घरलाई सबलीकरण गरेजतिकै हुने नै भयो । आशा गरौँ र प्रतीक्षारत रहौँ !

युवा उमंग जाँगर, जोसका रहर र लहरहरूका आवेगका मानष मनोज्ञानका चाहनामा अन्तरभाषिक सांस्कृतिक उद्वेगका छनोट उन्मादपूर्ण हुन्छ, रहन्छ । दीर्घजीवन उन्मेषका अनुभूति यस्तै संकेत गर्छ । बेला मौकाका चस्काहरू यस्तै अनुभूति बाझ्न आउँछन् मलाई । नबोलिएर भाषा अभिव्यक्ति सीप बिर्सिन सक्छ, बिर्सिन्छ उसै । परन्तु जीवन संस्कारले संस्कृतिलाई एकलव्य डो¥याएकै हुन्छ । मानिस एक गोलार्धबाट अर्को गोलार्धमा पुगेका होऊन् उनलाई आफ्ना संस्कृतिले निरवच्छिन्नरूपमा अँगालिएकै हुन्छ । यो सत्यम् नित्यम् ध्रुवसत्य रहेको छ ।

प्रकाशित: २२ कार्तिक २०७७ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App