६ कार्तिक २०७७ बिहीबार

फाउमा बाँचेको जिन्दगी

स्वाभाविक छ मेरो उमेर र अवस्थाले गर्दा मेरो शरीरले अनेकौँ बेथा बोकेका छन् । वर्षैपिच्छे डाक्टरी चेकजाँच गराउँदै आएको छु तर मेरी श्रीमती तथा छोरीहरूलाई लाग्छ कि म आफ्नो स्वास्थ्यप्रति हेलचेक्य्राइँ गर्छु । त्यसैले एकपल्ट मेरा छोरीहरूले मेडिसिटी पुर्याएका थिए । मेरो शरीरको पूरै परीक्षण गरेपछि मैले नाम बिर्सेका फिजिसियनले आफ्नो कुर्सीबाट उठेर मसँग हात मिलाएर भनेका थिए – पोखरेल सर, तपाईँको यो उमेरमा यो स्वास्थ्य !

स्त्री अभावबोध...

एक स्त्रीको अभाव तब खट्किन्छ जब तिहारको यम पञ्चकमा नयाँ सामानका लागि कोही कसैले केही भन्दैन अनि तपाईले यो भनिरहनु पर्दैन कि “रुपैयाँ छैन ।” एक स्त्रीको अभाव तब खट्किन्छ जब तपाई दुःख, पीडा र तनावमा डुब्नुहुन्छ, एक्लैएक्लै रुनुहुन्छ अनि तपाईको आँसु पुछिदिने कोही हुँदैन तपाई कोही कसैसँग केही भन्न पाउनु हुन्न हो, स्त्रीको अभाव तब पक्कैपक्कै खट्किन्छ ।

पत्थर

पत्थरको कानुन हुँदैन, कुनै संविधान हुँदैन र त पत्थर मेरो अदालतभन्दा न्यायीक छ गान्धी हुँदैन कुनै पत्थर, माक्र्स हुँदैन बुद्ध हुँदैन कुनै पत्थर, हिटलर हुँदैन मालिक हुँदैन कुनै पत्थरको, हनुमान हुँदैन आँखा बन्द गर्दैन पत्थरले, कुटिल हेर्दैन कमेडी गर्दैन पत्थरले, भाषण गर्दैन खानु पर्दैन पत्थरलाई, कसैको गुलामी गर्नु पर्दैन र त मलाई कहिलेकाही पत्थर बन्न मन लाग्छ ।

सन्नाटाभित्रका सुस्केराहरू

‘निर्माण गर्नुपर्छ विश्वकै ठूलो बुद्धमूर्ति लुम्बिनीमा । मूर्तिलाई एउटा कलाको रुपमा मात्र हेरिनु हुँदैन । आस्थाको प्रतिक पनि हो मूर्ति । विश्वकै ठूलो बुद्धमूर्ति लुम्बिनीमा निर्माण हुनु भनेको संसारभरका बुद्धमार्गीलाई भगवान बुद्धको जन्मथलोले तानिरहनु हो, यो धार्मिक बिचारलाई समेटिरहनु हो । बरु सहयोग गर्न तयार छौं हामी म्यान्मालीहरू पनि ।’

रत्नपार्कको थाल पसल

अनि उनले मेरो नाडीमा च्याप्प समाएर भनिन् , ‘दम रोगी सासूआमा र बाउबिनाको अढाई बर्से छोरी छन् घरमा । आज घरमा बच्चा निकै बिरामी छ, अलिकति पैसाको जोहो गरेर चाँडै घर फिर्नु छ । उपचार गराउनु छ । तपाई जाने हो !

बोल्नुको रहस्य

छिमेकतिर बोल्ने मनसाय हुँदाहुँदै पनि खुलेर कोहीसँग बोल्न सक्दैनथिन् उनी । एकदिन घरबेटी बहिनीले भनिन्, ‘दिदी, हजुरसँग कुरा गरेको देखेर त्यो पल्लोघर किन्ने आन्टीले त यसो पो भनिन् – छि तपाईं त के भाडामा बस्नेहरूसित पनि बोलिरहनु हुँदो रहेछ। तिनीहरूसित आत्मीयता देखाउन हुन्न क्या ।’

कसैसँग खाएको कसम त्यो तोडेर आयौ कि

कसैसँग खाएको कसम त्यो तोडेर आयौ कि, उनको चोखो प्रेम त्यो छोडेर आयौ कि ! बुझ्नै सकिन तिम्रो प्रेम असमान गगनझै, उनको मन दुखाइ पाइला मोडेर आयौ कि !

यस्तै रहेछ जिन्दगी

फूल रहेछ जिन्दगी वसन्तमा फुलिरहन्ने,काँडा रहेछ मुटुभित्र बिझाइरहन्ने। कति उराठलाग्दो छ जिन्दगी बेसहारा गरीबका लागि, कति रमाइलो अनमोल छ जिन्दगी सम्पन्न हुनेहरूका लागि। कति स्वार्थी छ जिन्दगी हरस्वार्थ पूरा गर्नेहरूका लागि, कति निश्छल छ कोमल हृदय हुनेहरूका लागि।

स्त्री र पृथ्वी

जब गाउन छोड्छ्न् चराचुरुङ्गी भारी भएर आउँछ पृथ्वीको छाती तड्पिन थाल्छ उद्विग्न व्यग्रता बेचैनीले जब सुक्दै जान्छन् वृक्षहरू छाउन थाल्छ पृथ्वीको निधारमा उदासीका मलिन रेखाहरू डुब्न थाल्छ घोर चिन्तामा जब बग्न छोड्छ झरना, खोला र नदी प्यासले शुष्क हुन्छ पृथ्वीको गला खङ्ग्रङ्ग सुक्छ आँत छटपटिन थाल्छ बगरमा तड्पिएको माछाझैं र एक दिन जब थलिन्छे स्त्री गम्भीर बिमारीले सुस्ताउन थाल्छ उसले हरेक दिन पानीले सिंचित गरेको बोटबिरुवा आकुलव्याकुल हुन्छन् ।

कोरोनाले नदुखेको कुनै शहरगाउँ छैन

कोरोनाले नदुखेको कुनै शहरगाउँ छैन शरीर यस्तो हुन थाल्यो नदुखेको ठाउँ छैन कति डाक्टर भेटे हुँला छैन त्यसको सीमा विशेषज्ञ कतिलाई भेट्नु नचिनेको नाउँ छैन ।

सुरक्षा

“पहिले हामीले आफ्नो धर्मप्रतिको निष्ठाका कारण एक ठाउँमा भेला हुने हाम्रो परम्परागत चलनलाई मान्यौं । अहिले महामारीले उग्र रूप लिएकोले सबैले आआफ्नो निवासमा रहेर आफ्ना कर्म गरौं । राज्यको निर्देशन मानौं । घरमै बसौं, सुरक्षित बसौं ।” विज्ञप्तिको सार थियो ।“आफूलाई मार परेपछि सबको बोली नै बदलिने रहेछ ।” यो खबर सुनेर आएका प्रतिक्रियामध्ये एक प्रतिक्रिया यस्तो पनि थियो ।

उनको दशैं

उनले यो समाचार सुनेर तु आमालाई फोन घुमाइन् र भनिन् , ‘आमा बरू यो दशैंमा मलाई केही चाहिँदैन। म पुरानै लुगा लगाएर बाबासँग दशैं मनाउँछु । हजुर छिट्टै यो युद्ध जितेर आउनू है अनि हामीसँगै दशैं मनाउँला भन्दै फोन राखिन् ।

आशीर्वाद

एउटा मान्छे , टिसर्ट उचाल्दै कम्मरमा बाधिँएको नाम्लो फुकाउँदै थियोे। उसको पिठ्युँमा केही आला र सुकेका घाउ देखिन्थे । दुवै हात जोडेर , सबै बटुवाहरूसंग गाँस र बासका लागि अनुरोध गर्दै थियोँ । रुँदैकराउँदै भन्दै थियो , ‘म भरिया हुँ हजुर । भारी बोकेर राम्रै कमाउथेँ । आज ५ हजार घरभाडा तिर्न नसक्दा घरबेटीले निकालिदिए। म एकल पुरुष कहाँ जाऊँ ! ’

खोई मेरो सक्कली घर !

अहिले म नियतिका दलानमा बसेर सम्झँदै छु कि यदि शुभद्रा दिदीले मलाई आश्रय नदिएको भए वा कमलाकान्त भिनाजुले आश्रय नदिएको भए मेरो भविष्य के हुन्थ्यो होला ! त्यसैत्यसै सोचमग्न हुनपुग्छु । कत्रो फराकिलो मन होला शुभद्रा दिदीको, शत्रुघ्न भिनाजुको । भिनाजु कमलाकान्तको, दिदीको । उहाँहरूको विचार, स्वभाव र मन देखेर म अहिले पनि भावविह्वल हुन्छु । सम्झनाका आँसुहरू आइदिन्छन् । मनहरू तरङ्गित हुने गर्छन् । कुनै एकैदिन पनि मैले मानसिक रूपमा ‘यो घर मेरो होइन’ भन्ने मनोवेग बोक्नु परेनँ । अझ मलाई त लाग्थ्यो यो मेरै घर हो । लाग्थ्यो मैले यो घरबाट कहिले पनि हिँड्नु पर्दैन । हुन पनि जसरी त्यो घरका अंशियार पढाइ सकेर समृद्ध जीवन खोज्न हिँडेका थिए, त्यसैगरी म पनि हिँडेको थिएँ । मैले भोगेको एउटा घर यस्तो थियो । त्यो पनि मेरो पौरखको घर भने थिएन ।

सामूहिक प्रगतिको कामना

राम्रो कामको प्रभाव पछिसम्म रहन्छ । यो व्यक्तिव्यक्तिको आधारमा हुन सक्तछ । परिश्रम खन्याउनुपर्ने स्थानको कमी छैन । आवश्यकता परिश्रम खन्याउने नेतृत्व गर्ने व्यक्तिको छ । यस्ता नेतृत्व सक्षम व्यक्ति युगमा कहिलेकाहीँ मात्र जन्मने गर्छन् । व्यापक संगठित शक्तिको भरोसा गोपालमा थियो । समयअनुसार नचलेमा वंशलोप हुन सक्छ । यो सोच रहेकोले नै विषम परिस्थितिमा सही निर्णय लिएर इतिहासको पानामा स्वच्छ अक्षरमा जीवित रहन सक्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्