७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
जीवनाथ धमला


जीवनाथ धमलाका लेखहरु :

राष्ट्रियताको ध्वनि गाउने सत्यमोहन जोशी

जीविकोपार्जनका लागि मात्र सामान्य कर्म गरेर जीवन व्यतीत गर्ने मानिस सामान्य नै रहन्छ। आम मानिसको कर्म वा दिनचर्या यसैमा मात्र सीमित हुन्छ।

चिनियाँ इतिहासलाई सम्झाइरहेको ‘रातो डुंगा’

इतिहासका निसानहरूले विगत र वर्तमानका बीचमा सभ्यता, संस्कृति एवं राजनीतिक घटनाक्रमहरूलाई खण्डित तथा विशृङ्खलित हुन दिँदैनन्।

बिपी र कांग्रेस युवा

कांग्रेसको सामर्थ्यको आधारको पुनर्जन्म हुन सके कांग्रेसकै पुनर्जन्म हुनेछ भन्नेतर्फ युवा पुस्ता गम्भीर हुनुपर्ने देखिन्छ। युवाहरू यस बेलादेखि नै गुटको घेराबन्दीमा परेर मात्र चल्न थाले भने ती ऐतिहासिकरगौरवशाली नेपाली कांग्रेसको नेता बन्ने छैनन्, जस्तो पुरानो पुस्तामा अहिले जो देखिएको छ।

विपीको नियति चिन्तन

नियतिका सम्बन्धमा बिपीद्वारा व्यक्त केही भनाइका आधारमा के बुझ्न सकिन्छ भने नियति भन्ने कुरा जन्मनुपूर्व नै निर्धारित भएर आएको त्यस्तो सत्य हो, जसलाई मानिसले आफ्नो बुद्धि वा इच्छा अनुसार बदल्न सक्दैन। धर्म वा ईश्वरसँग प्रार्थना गरेर भाग्य परिवर्तन हुँदैन। सफलता, असफलता भन्ने कुरा मानिसको आत्मबलमा निर्भर रहन्छ।

राष्ट्रियता, राजनीतिज्ञ र राजनेता

अरुले पो के गरेका छन् र ! भन्ने उदासपूर्ण चिन्तनमा घिस्रिँदै आफ्नो दुनो सोझ्याउने प्रवृत्ति नेपालका धेरै राजनीतिक व्यक्तित्वमा देखिन्छ। राजनीतिक वृत्तको यो एउटा नकारात्मक पाटो हो।

गीतकारका रूपमा राष्ट्रकवि माधव घिमिरे

‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’

समाजसेवी साधकहरू

इतिहासका केही सम्मानित समाजसेवी हुन्– माधवराज जोशी, दयावीरसिंह कंसाकार, आबाल ब्रह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला र योगमाया।

राइन किनाराका किल्लाहरू

इतिहास छ, र त वर्तमान छ। हिजो छ, र त आज छ। आज छ, अनि मात्र भोलि हुनेछ। समयका पलहरू बित्दै जान्छन् र ती हिजो, अस्तिमा रूपान्तरित हुँदै विगत वा अतिततिर धकेलिँदै जान्छन्, अनि इतिहास बन्छन्। इतिहासले समयका खासखास क्षणहरूलाई छानीछानी संरक्षण गर्दोरहेछ। ती खास क्षणहरूलाई इतिहास बनाउने चाहिँ मानिसले नै रहेछ र उस्का कर्महरूले नै रहेछ। मानिसका कर्महरूलाई नै समयले इतिहास बनाउँदो रहेछ। त्यसैले समय, कर्म र इतिहास अन्योन्याश्रित रहँदा रहेछन्।

सहिद र बिपी विचार

‘सहिद’ शब्दले देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्म–बलिदान दिने वीरत्व गुणयुक्त मानिसलाई बुझाउँछ। ‘सहिद’ त्याग, आत्मोत्सर्ग, निष्ठा, आदर्श, चेतना, वीरता, साहस, समपर्णजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो। यी गुण र कर्महरूलाई आत्मसात् गर्दै आफूलाई आफ्नो राष्ट्रका खातिर होम्न रत्तिभर संकोच वा डर नमानी प्राणार्पण गर्ने वीर वा वीराङ्गानालाई नै वास्तविक अर्थमा ‘सहिद’का नामबाट सम्मान गर्न सकिन्छ। उसले राष्ट्रलाई शिरमा राखेको हुन्छ।

महाकवि उपेक्षा

मैले अहिलेसम्म चार पटक यात्रा गरेँ त्यस घरको। पहिलो र दोस्रो पटक मैले गरेको त्यस घरको अवलोकन–यात्राकाल र गत महिना केही दिनमै दुई पटक पुगेका समयका बीच २८ वर्षको अन्तराल भइसकेछ। त्यसो त यसबीचमा एक–दुई पटक डा. पदमप्रसाद देवकोटालाई भेट्न जाँदा त्यस घरलाई नजिकै कम्पाउण्ड बाहिरबाट नदेखेको होइन।

देखिने/नदेखिने विकाश

लोकतन्त्रीकरण मूलतः वैयक्तिक, सामाजिक एवं बृहत्तर राष्ट्रिय आकांक्षाहरूसँग पारस्परिक रूपमा सहज तादात्म्य राख्न राज्यद्वारा अनुप्रेरित, जनताद्वारा अनुमोदित एवं अवलम्बित व्यावहारिक कार्य प्रणाली हो भन्न सकिन्छ ।

सिंहदरबारको कैलाशमा बिताएका दिनहरू

२०३५ असारको पहिलो साताको कुनै दिन । एक जना गाउँकै साथी र म केही दिनपहिले मात्र गाउँबाट सहर आएका थियौँ । हामी पाटन मंगलबजारमा बसेका थियौँ । त्यो दिन पहिलोपटक हामी काठमाडौं घुम्न निस्केका थियौं।

बिपी ४० वर्षमै हुनुभयो, तर आज?

वैचारिक दृष्टिकोणले नेपालको राष्ट्रिय राजनीतिमा वर्तमानसम्मकै केन्द्रीय व्यक्तित्व बिपी कोइरालाले नेपाली युवाहरूलाई प्रेरणादायी, अनुशीलनीय र जीवनोपयोगी सुझाव एवं सल्लाह दिनुभएको थियो ।

बिपीको बयान : अमूल्य दस्तावेज

बिपीका राजनीतिक चिन्तनहरू मूलतः राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्वतन्त्रता अनि समाजवादका वैचारिक धरातलमा केन्द्रित रहे । बिपीले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र एकअर्काका पूरक तत्वका रूपमा र स्वतन्त्रता केन्द्रित समाजवाद साध्यका रूपमा व्याख्या गर्नुभएको पाइन्छ।

घोडाहरू हिन्हिनाइरहेछन्

सहजै अनुमान गर्न सकिन्छ, मानिस र घोडाबीचको सम्बन्ध मानव–सभ्यताको आरम्भदेखि नै रहँदै आएको हो । सिकारी युगमा मानिसले हातहतियार बनाउन जानिसकेका थिए । भाला, धनुकाँडजस्ता हतियार त्यसबेला आत्मसुरक्षा र सिकारका लागि मनुष्यले बनाउन सिक्यो । त्यस युगको अन्त्यसम्म मानिस धेरै चिन्तनशील भइसकेको थियो र सम्भवतः सिकारी युगको अन्त्यसम्म घोडा चढ्न थालिसकेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्