१४ वैशाख २०८२ आइतबार
image/svg+xml ४:१ पूर्वाह्न
खेल

विराट गोल्डकपः पाहुना टोलीलाई पन्छाउँदै मोरङ एफएको विजयी सुरुवात

विराटनगरमा जारी विराट गोल्ड कपको ९ औं संस्करणको पहिलो दिन पाहुना टोलीलाई पन्छाउँदै मोरङ एफएले विजयी सुरुवात थाल्दै सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा मोरङ एफएले भारत कोलकाताको साउर्थन समितिलाई ३–२ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित पारेको हो ।

भारतको आइलिग टु मा खेलिसकेको साउर्थन सामिति पहिलो खेलबाटै घर फर्किनु प¥यो । खेलको ११ औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै २ मिनेटमा साउर्थनका कप्तान सोनुले गोल गर्दै खेललाई बराबरी ल्याए।

खेलको ३४ औं मिनेटमा साउर्थनका अनिमेषले गोल गर्दै २–१ मा लगे । त्यसपछि साउर्थनका मिडफिल्डर रोजा दोहरो पहेँलो कार्ड खाएर मैदान बाहिरिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका दोर्जे तामाङले पेनाल्टीमार्फत गर्दै खेललाई बराबरीमा पुग्यो । डिबक्सभित्र मोरङका खेलाडीलाई लडाएपछि रोजाले पहेँलो कार्ड पाएसँगै मोरङ पेनाल्टीको अवसर पाएको थियो ।

खेल ८९ औं मिनेटमा मोरङका मौसम लिम्बूले गोल गर्दै टोलीको जित पक्का पारे । मौसम प्लेयर अफ द म्याच भए । विराट गोल्ड कपको ७ औं संस्करणमा साउर्थनले खेलको थियो । 

प्रतियोगिताअन्तर्गत मंगलबार (आज) भारतको सुभेदा दिल्ली एफसीले पूर्व विजेता सशस्त्र प्रहरी बलको टोली (एपिएफ)सँग खेल्ने छ । 

प्रकाशित: २० फाल्गुन २०८१ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App