१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पेरिस ओलम्पिक :चीन फेरि तालिकाको पहिलो स्थानमा उक्लियो

पेरिस ओलम्पिको १० औं दिनको खेल सकिदा चिनलाई पछि पार्दै पदक तालिकाको पहिलो स्थानमा उक्लिएको अमेरिका सोमबार दोस्रो स्थानमा झरेको छ ।

यसरी चिनले पदक तालिकामा अग्रस्थान कायमै राख्न सफल भएको छ। पदकसंख्यामा भने अमेरिकाले चीनलाई उछिनेको छ। चीन २०  स्वर्ण १५ रजत र १२ कांस्य गरी कुल ४७ पदक हात पारेर पहिलो स्थानमा रहेको हो ।  

त्यसैगरी अमेरिका १९ स्वर्ण २७ रजत र २६ कांस्य गरी कुल ७२ पदक जितेर दोस्रो स्थानमा रहेको छ।आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ कांस्य सहित कुल ४४ पदकका साथ  तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको अस्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कांस्य सहित कुल ३१ पदक जितेको छ।

रहेको बेलायत १० स्वर्ण, १२ रजत र १६ कांस्यसहित कुल ३८ पदक जितेर  पाँचौं स्थानमा  छ। दक्षिण कोरिया १० स्वर्ण, ८ रजत र सात कांस्यसहित कुल २५ पदक पाएर  तालिकाको छैटौं स्थानमा छ।जापान ९  स्वर्ण, ५  रजत र १० कांस्य पदक जितेर पेरिस ओलम्किको तालिकामा सातौं स्थानमा रहन सफल भएको छ ।

इटालीले ७  स्वर्ण, १० रजत र ५  कांस्य सहित २२ पदक हात पारेर आठौं स्थानमा रहन सफल भएको छ । नेदरल्यान्ड्स ६ स्वर्ण, ५  रजत र ४ कांस्यसहित १५ पदकका साथ  नवौं तथा जर्मनी ६ स्वर्ण, पाँच रजत र दुई कांस्यसहित  १३ पदक पाएर १० औं स्थानमा रहेका छन् ।

अहिलेसम्म ४३राष्ट्रले स्वर्ण पदक जितिसकेका छन् । हालसम्म ६९ राष्ट्रले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।

दुइवटा राष्ट्रले दुइ दुइ कास्य पदक तथा  १० वटा राष्ट्रले एक एक कांस्य पदक जित्न सफल भएका छन। भारत ३ कास्य पदक जितेर तालिकाको ५७ औ स्थान रहेको छ ।  

प्रकाशित: २१ श्रावण २०८१ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App