१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पेरिस ओलम्पिकबाट बाहिरिए स्यान्टु

नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमै बाहिरिएका छन्।

शनिबार भएको खेलमा उनी सेनेगलका इब्राहिम डिएवसँग पराजित भएका हुन्।  उनी ४-० ले पराजित भएका हुन्। पहिलो सेटमा टक्कर दिए पनि उनी १०-१२ ले पराजित भए। त्यसपछि उनी खेलमा फर्किन सकेनन् र ३-११, ४-११  र ५-११ ले पराजित हुन पुगे।

योसँगै उनी अन्तिम ६४ मा पुग्न असफल भएका छन्। डिएव अन्तिम ६४ मा हङकङका वाङ चुङसँग खेल्नेछन्।

गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए। स्यान्टु छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्ने एक मात्र नेपाली खेलाडी हुन्। समग्रमा भने उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन्। यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए।

प्रकाशित: १२ श्रावण २०८१ २१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App