सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो।
लेकसाइडमा अवाञ्छित गतिविधि रोक्न महानिरीक्षक निर्देशन
रात्रिकालीन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइमा कोलाहल मच्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रदेश प्रहरीलाई निर्देशन दिएका छन्। लेकसाइडमा मध्यरातपछि डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। एउटाले व्यवसाय गर्दा अर्काेलाई असर पार्न नहुने उनले बताएका छन्।
'इपिजी प्रतिवेदनले प्राथमिकता पाउँछ'
नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको पाचौं बैठक बुधबार काठमाडौंमा सुरु हुने भएको छ। संयुक्त बैठकमा सीमामा निर्मित भारतीय बाँधले नेपालको तराई क्षेत्रमा हरेक वर्ष डुबानबाट पु¥याउने क्षति, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकले तयार पारेको प्रतिवेदनसहितका विषयमा छलफल हुनेछ। बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकर बुधबार बिहान काठमाडौं आइपुग्नेछन्।
नगदेशको महाकाली नाचमा रमाए स्थानीय
भक्तपुरको मध्यपुर थिमिको नगदेशमा नचाइने प्राचीन महाकाली नाच मंगलबार रातिदेखि सकिएको छ। नाच शनिबार रातिदेखि सुरु भएको थियो। सो नाच प्रत्येक वर्षमा चार रात चल्ने गर्दछ। गाईजात्राको भोलिपल्ट साँझबाट सुरु हुने महाकाली नाचलाई नगदेशका चोकचोकमा प्रदर्शन गर्ने परम्परा छ। आर्थिक अभावका कारण सो नाच २०६६ सालदेखि नचाउन सकिएको थिएन। सात वर्ष प्रदर्शनमा ल्याउन नसकिएको सो नाचलाई स्थानीय युवाहरुको सक्रियतामा २०७३ सालदेखि पुनः सुचारु गरिएको हो।
शिक्षामा समानता नभएको गुनासो
हुनेखानेका छोराछोरी निजी विद्यालयमा र हुँदा खानेका छोराछोरी सरकारी विद्यालयमा पढाउने परम्परा बढेसँगै शिक्षामा समानता नै नभएको गुनासो आउन थालेको छ।
फरार अभियुक्त पक्राउ
रौतहट प्रहरीले विभिन्न अपराधका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुद्दामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नगरपालिका–२ गेडहीगुँठीका ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरी टोलीले सोमबार झाँझपुलबाट पक्राउ गरेको हो। उनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको मानिन्छ।
गाँजासहित तीनजना पक्राउ
बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले आठ किलो पाँच सय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०२ नम्बरको बस चेकजाँचका क्रममा सो गाँजा भेटिएको हो।
ट्रान्सफर्मर चोरी हुँदा खानेपानी अवरुद्ध
खाँडादेवी गाउँपालिका–३ भीरपानीस्थित डब्खामा लिफ्ट खानेपानी आयोजनाका लागि राखिएको ट्रान्सफर्मर चोरी हुँदा करिब १३ सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । उक्त आयोजना केही समयअघि मात्र सम्पन्न भएको हो ।
मर्मत गरिँदै सडक
धनगढी उपमहानगरपालिका–३ मा सघन सहरी आयोजनाअन्तर्गत निर्माण गरिएको सडक एक महिनामै भत्किएपछि मर्मत गर्न थालिएको छ। नागरिक दैनिकमा सडक भत्केको समाचार प्रकाशित भएपछि मर्मत गर्न थालिएको हो।
सार्कलाई सक्रिय बनाउन आग्रह
मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानबीच सिमान्त क्षेत्रमा गोलाबारी र तनाव बढिरहेकाप्रति चिन्ता व्यक्ति गरेको छ। समाजले आइतबार काठमाडौस्थित भारतीय र पाकिस्तानी राजदूतावास अगाडि धर्ना दिँदै सार्कलाई सक्रिय बनाउन आग्रह गरेको हो।
खुला दिसारहित बन्दै स्थानीय तह
सिन्धुपाल्चोकका स्थानीय तह धमाधम खुला दिसामुक्त घोषणा हुन थालेका छन्। झन्डै सतप्रतिशत घरमा शौचालय बनेर पनि विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषित हुनबाट रोकिएको थियो।
रक्तचन्दनको तेल बरामद, तीन पक्राउ
नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।
हडपिएको जग्गा बागेश्वरीेकै नाममा ल्याउन माग
विभिन्न व्यक्तिका नाममा गराइएको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा मन्दिरकै नाममा ल्याइनुपर्ने आवाज उठेको छ। बाँकेको साबिक ईन्द्रपुर गाविसमा रहेको बागेश्वरी मन्दिरको जग्गा व्यक्तिका नाममा गराइएको तथ्यसहितको समाचार मंगलबार नागरिक दैनिकमा प्रकाशित भएपछि सो जग्गा मन्दिरकै नाममा फिर्ता गर्न÷गराउन सरोकारवाला पक्षले पहल गर्नुपर्ने आवाज उठेको हो।
नियमावली टुंगोमा नपुग्दै समानान्तर सम्पर्क समिति
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा सोलुखुम्बु–काठमाडांै समितिले राष्ट्रिय जागरण अभियानअन्तर्गत कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको २ महिना नवित्दै अर्को पक्षले समानान्तर सम्पर्क समिति गठन गर्ने प्रयत्न सुरु गरेको छ।
महिना बित्दा पनि सुरु भएनन् कार्यक्रम
चालू आर्थिक वर्ष सुरु भएको एक महिना बितिसक्दा समेत रोल्पामा कुनै पनि सरकारी निकायले कार्यक्रम सुरु गरेका छैनन्। जिल्लाका १० वटै स्थानीय तहले अहिलेसम्म पनि आफ्नो कार्यक्रम र बजेटको छिनोफानो नगरेको पाइएको हो।
‘उद्घाटन र शिलान्यासले विकास हुँदैन’
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका मन्त्रीहरू उदघाटन र शिलन्यासमा मात्र केन्द्रित भएर विकास निर्माण प्रभावित भएको बताएका छन्। कांग्रेस सांसद बहादुरसिंह लामाले मन्त्री उद्घाटा र शिलान्यासमा व्यस्त भएर मात्रै भएर विकास नहुने बताए। उनले आवश्यकता के हो त्यसबारे ध्यान नगएकाले दुईतिहाइको सरकारले गरेका काम केही नदेखिएको बताए।
प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विदेशमै गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रमम उपप्रधानमन्त्री यादवले भने, ‘नेपालमा धेरै रोगको उपचार हुन्छ तर, केही रोगका लागि बाहिर जानुपर्ने अवस्था छ। उहाँको उपचार विदेशमै हुन्छ।’
प्रभावकारी भएन शिक्षक तालिम
सरकारले विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकलाई दिँदै आएको तालिमले विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार गर्न नसकेको सरकारी अध्ययनले देखाएको छ।
गाउँपालिकाद्वारा बजार अनुगमन
खाँडादेवी गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटललगायत अनुगमन गरेको छ। गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठसहित सात निकायका प्रतिनिधि र पत्रकार नेतृत्वको अनुगमन टोलीले सोमबार गाल्वा बजारको अनुगमन गरेको हो।
लट्याउने औषधिले बढायो समस्या
बासाका अर्बिन राई देब्रे खुट्टाको बुढीऔंलामा खिल जमेपछि झिक्नका लागि साउन २४ समा स्वास्थ्यचौकी पुगे। खिल निकाल्न भन्दै स्वास्थ्यकर्मीले मासु लाटो पार्ने सुई लगाए तर रियाक्सन अनौठो देखियो। औषधिकै कारण बुढीऔंला बिस्तारै कालो हुँदै गयो। बिरामीलाई दुखाइ बढ्न थाल्यो। मासु लाटो पार्न ‘लिग्नोकेन’ सिरिन्ज प्रयोगपछि राईको औंलामा समस्या देखिएको हो। त्यसपछि बिरामी आफैं जिल्ला अस्पताल आए।
कार्यसम्पादन सम्झौतालगत्तै डेढदर्जन सचिव सरुवा
सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो।
अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने
‘निर्यात गर्ने नेपाली वस्तुको परीक्षण गर्न कलकत्ता पुग्नुपथ्र्यो। अब नेपालमै गरिएको परीक्षणलाई भारतले मान्यता दिने भएपछि खर्च जोगिन्छ, निर्यात पनि वृद्धि हुन्छ।’
प्रशासनको छड्के निरीक्षणः ३ कार्यालय प्रमुख र १५ अधिकृतसहित ७७ कर्मचारी अनुपस्थित
जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको आकस्मिक निरीक्षण गरेको छ। निरीक्षणका क्रममा १३ वटा कार्यालयका ३ प्रमुख १ उपसचिव १५ अधिकृतसहित ७७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सय केजी धान चोरी गर्ने जेल चलान
सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन्। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन्।
हतियार देखाएर ३ लाख लुटपाट
भारतीय नम्बर प्लेटको प्लसर मोटरसाइकल चढेर आएका २ जना अपरिचित ब्यक्तिले हतियार देखाएर मंगलबार दिउँसो १ बजेतिर ३ लाख लुटेका छन्।