सवारी ज्यान मुद्दामा विगत १७ वर्ष देखि फरार रहेका प्रतिवादी पक्राउ

बाँसगढी नगरपालिका–५ का ४८ वर्षीय हिरा प्रसाद थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थारुलाई बाँके जिल्ला अदालतले विसं २०६२ साल मंसिर २१ गते सवारी ज्यान मुद्दामा २ महिना १७ दिन कैद सजाय तोकेको थियो। अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए।