सवारी ज्यान मुद्दामा १७ वर्ष देखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँसगढी नगरपालिका–५ का ४८ वर्षीय हिरा प्रसाद थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थारुलाई बाँके जिल्ला अदालतले विसं २०६२ साल मंसिर २१ गते सवारी ज्यान मुद्दामा २ महिना १७ दिन कैद सजाय तोकेको थियो। अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए।
प्रहरीले बाँसगढी बजारबाट थारुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले थारुलाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानको लागि कारागार पठाएको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ चैत्र २०७९ १२:३६ आइतबार





