६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कालीकोटमा भीरबाट जिप खस्यो, तीन जनाको मृत्यु

कालीकोटको सेरी–पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन्।  

शुक्रबार बेलुकी करिब ६ बजेको समयमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  

दुर्घटनाग्रस्त जिप सेरी–पान्तडी सडक खण्ड निर्माण गरिरहेको व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जिप रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल तिला नदी किनार नजिक खसेको अवस्थामा तीन जनाको शव फेला परेको छ।

जिपमा सवार चार जनामध्ये एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी प्रमुख खत्री र प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल घटनास्थल पुगेका छन्।

रातिको समय र भीरालो भूगोलका कारण बेपत्ता व्यक्तिको खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रकाशित: २ माघ २०८२ २१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App