१ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

तीन सय दश किलो मिटर सडक बनाउने मधेश प्रदेशको योजना

मधेश प्रदेश सरकारको गौरवशाली योजना अन्तरगत रहेको मधेशी शहिद राजमार्गको डिपिआर अन्तिम चरणमा पुगेको छ।

अगामी जेठ मसान्तभित्र डिपिआरको जिम्मेवारी पाएका सबै निर्माण कम्पनिले सरकारलाई रिपोर्ट बुझाउने छन्। सोही रिपोर्टको अधारमा प्रदेश सरकारले पर्सादेखि सप्तरी सम्म तीन सय दश किलो मिटर सडक निर्माण गर्ने छ।

डिपिआरको लागि चार कम्पनीले द्रुत गतिमा काम गरिरहेका छन्। एक कम्पनीले दुई जिल्लाको जिम्मेवारी पाएका छन्। डिपिआरको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुई करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ। डिपिआर निर्माण कम्पनीहरुसँग गत माघ र फागुण मसान्तमा प्रदेश सरकारले सम्झौता गरेको थियो।

पुर्व–पश्चिम र हुलाकी राजमार्गको मध्य भागबाट मधेशी शहिद राजमार्ग बनाउने सरकारको अवधारण छ। यी दुबै राजमार्गको बीचमा करिव ३० किलो मिटरको मात्रै दुरी छ। प्रदेश सरकारले राजमार्ग निर्माणको लागि चालु आर्थिक वर्षभित्रै टेण्डर गर्ने लक्ष्य राखेको भौतिक पुर्वाधार तथा विकास मन्त्री सरोज कुमार यादवले जानकारी दिए। उनका अनुसार मधेशी शहिद मार्ग 'डबल लेनको' को हुने छ।  'हामीले पूर्ण नयाँ सडक बनाउँदैनौं,उनले भने,'भएर्कै सडकको स्त्तरोन्नति गर्ने छौं।'

प्रदेश सरकारले राजमार्ग निमार्णको काम अगाडि बढाए पनि स्रोत अभाव हुने मन्त्रीको चिन्ता छ। उनले विभिन्न लगानीकर्ता/निकायलाई सहयोग गर्न अनुरोध गरिने बताए। 'प्रदेश सरकारसँग मधेशी शहिद राजमार्ग बनाउने रकम अपुग हुन सक्छ,उनले भने,'त्यसकारण हामीले डोनरलाई पनि अनुरोध गर्ने तयारी गरेका छौं।'

मन्त्रालयको इन्जिनियर ज्योति साहका अनुसार मधेशी शहिद राजमार्गको कुल लम्बाई तीन सय दश किलो मिटर रहने छ। जसमध्ये सबै भन्दा बढी सप्तरीमा ६४ किलो मिटर, सिरहामा ४६, धनुषामा ३०, महोत्तरीमा २३, सर्लाहीमा ५१, रौतहटमा २०, बारामा ३६ र पर्सामा ४० किलो मिटर रहेको छ। डिपिआर रिपोर्ट तयार भएपछि मात्रै कुल लागत जानकारी हुने उनले बताइन्।

प्रकाशित: १९ चैत्र २०७९ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App