माया, जसले सारा संसारलाई बदल्न सक्छ। त्याग, सहनशीलता, र समर्पणको त्यो भाव जसले जीवनका सबै पीडालाई पनि सुन्दर बनाउन सक्छ। यस्तै अद्वितीय मायाको कथा हो विवेक पंगेनी र सिर्जना सुवेदीको। यो कथा कुनै फिल्म वा उपन्यासबाट होइन, जीवनको वास्तविक रंगमञ्चबाट आएको हो।
अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना
अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
माया त यस्तो होस् !
माया, जसले सारा संसारलाई बदल्न सक्छ। त्याग, सहनशीलता, र समर्पणको त्यो भाव जसले जीवनका सबै पीडालाई पनि सुन्दर बनाउन सक्छ। यस्तै अद्वितीय मायाको कथा हो विवेक पंगेनी र सिर्जना सुवेदीको। यो कथा कुनै फिल्म वा उपन्यासबाट होइन, जीवनको वास्तविक रंगमञ्चबाट आएको हो।
धनुषामा बोराभित्र पुरुषको शव भेटियो
शव फालिएको ठाउँमा कसैले आगो बालेपछि त्यहीँ आगोले जलिरहेको बोरामाभित्र स्थानीयले शव देखेका थिए । दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको प्रहरीलाई जानकारी गराएका थिए ।
चक्लाबन्दी खेतीमा ७ करोड बढी खर्च, उपलब्धि न्यून
करोडौं लगानी भएको चक्लाबन्दी खेती अलपत्र अवस्थामा छ। सिन्धुलीको दुधौली नगरपालिका २ मा बागमती प्रदेश सरकारले सामूहिक चक्लाबन्दी खेतीको अवधारणा अनुसार करोडौ लगानी गरेको भएपनि लगानी अनुसारको उपलब्धि हुन सकेको छैन।
धापासीको एक घरमा लागेको आगो नियन्त्रणमा
काठमाडौंको टोखा नगरपालिका–६ स्थित धापासीमा बिहीबार अपराह्न लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
बढुवाको माग राख्दै आएका आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षक कर्मचारीहरु आफ्नो नियमित काममा फर्किएका छन्।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ।
बाघ आएको हल्लापछि गाउँ नै त्रासमा
इलामको रोङ गाउँपालिका–४, पहरी गाउँ र याङ्रेस्थित छाँगेखोला आसपासमा बाघ आएको हल्ला फैलिएपछि स्थानीय त्रसित बनेका छन्।
सशस्त्रमा एसपीसहित एक दर्जन अधिकृतहरू आन्तरिक छानबिनमा
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै एक एसपीसहित एक दर्जन अधिकृतलाई मुख्यालय बोलाएर बयान लिइरहेको छ।
आमाको नाममा नागरिकता पाउन असहज
आमाको नामबाट सहज रुपमा नागरिकता नदिइँदा र आमाबा नभएका व्यक्तिले उमेर पुगेपछि नागरिकता पाउन नसक्दा पढाइ, बैंक खाता, जागिरलगायतका विषयमा समस्या परेकाले त्यसप्रति ध्यान पुर्याउन आग्रह गरेका छन् ।
चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या, बेडमुनी फेला पर्यो शव
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० सतुङ्गलमा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मृतकको शव आफ्नै डेराको लो बेडमुनी फेला परेको थियो।
प्रहरीले भन्यो: रविको ‘हिरासत तस्बिर’ सार्वजनिक गर्ने डा. निकोलासलाई कारबाही गर्छाैं
कास्की जिल्ला प्रहरी कार्यालयले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसालविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
राज्यका निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानून आवश्यकः न्यायाधीश मल्ल
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संविधानले व्यवस्था गरेअनुसार राज्यका सबै तह र निकायहरुमा समानुपातिक समावेशीकरण गर्नको लागि स्पष्ट कानून आवश्यक रहेको बताएकी छिन्।
तीन दशकदेखि निर्माण सुरु भएको गाईघाट-दिक्तेल सडक अझै बनेन
पहाडी जिल्ला खोटाङलाई उदयपुर सदरमुकामदेखि सोझो यातायातले जोड्ने उद्देश्यले तीन दशकदेखि निर्माण भइरहेको ‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ झण्डैझण्डै एकादेशको कथा जस्तो बन्न पुगेको छ।
बलरा नगरपालिका-४ का पूर्ववडाध्यक्ष झाको निधन
सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ।
‘शी लिड्स आइकन’अवार्ड प्रदान गरिंदै
महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ।
जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ।
आगलागी हुँदा १० लाख बढीको क्षति
विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका-१ स्थित औरहीबजारमा १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग
'चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ,' शुक्लाफाँटा–७ का वडा सदस्य केशव ठगुन्नाले भने, 'चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो।' पायक पर्ने ठाउँमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ रहेको छ।
मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प
बिहीबार (आज) बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कात्तिक महिनायता निकुञ्जको नवलपरासी क्षेत्रमा गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको हो।
कस्तो छ आजकाे माैसम ?
हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूऔभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कार्यालय प्रमुख विवाद कायमै, जिम्मा पाएको चार दिनमा ९८ लाख भुक्तानी
खाँडाचक्र नगरपालिकामा कार्यालय प्रमुख विवादले दैनिक काममा अवरोध हुँदै आएको छ। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छैटौं अधिकृत प्रबलजंग शाहीको जिम्मेवारी खोसेर अविराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो।
डिसेम्बर २१ मा प्रथम ध्यान दिवस मनाइँदै
आगामी शनिबार अर्थात् २१ डिसेम्बरमा प्रथम ध्यान दिवस मनाइँदै छ। उक्त दिवस विश्वभर मनाउन लागिएको हो। गत डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।