धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका- २ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा बिहीबार शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३०/३५ वर्षीय पहिचान खुल्न नसकेको युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
शव फालिएको ठाउँमा कसैले आगो बालेपछि त्यहीँ आगोले जलिरहेको बोरामाभित्र स्थानीयले शव देखेका थिए । दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको प्रहरीलाई जानकारी गराएका थिए ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी त्यहाँ आगो बाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ४ पुस २०८१ २०:३३ बिहीबार