कर्णााली प्रदेशमा मंसिर महिनाभित्र मात्रै १ सय ३३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ७९ वटा सवारी साधन संलग्न रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने २ सय ४५ जना घाइते भएका छन् । प्रहरीकाअनुसार कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनाको मुख्य कारणमध्ये सवारी चालकको लापरवाही प्रमुख देखिएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सवारी चालकको कारण १ सय ८ वटा दुर्घटना भएका छन् । यस्तै, सवारी साधनको कारण १९ वटा, सडक प्रयोगकर्ताको कारण ४ वटा र यात्रुको कारण २ वटा दुर्घटना भएको तथ्यांक प्रहरीले राखेको छ ।
दुर्घटना न्यूनीकरणका लागि सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख माधव प्रसाद श्रेष्ठले बताए । उनले भौगोलिक रुपमा कर्णालीका सडकहरु कठिनाई भएका कारण गति नियन्त्रण, मदिरा सेवन गरी सवारी नचलाउने, ट्राफिक नियमको पालना र सवारी साधनको प्राविधिक अवस्था जाँच गरी मात्र यात्रा गर्न आग्रह गरे ।
प्रकाशित: १६ पुस २०८२ १६:१९ बुधबार


-600x400.jpg)


