३ चैत्र २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

कास्की-१ मा रास्वपाका गनेस पौडेल प्रतिस्पर्धीभन्दा चारगुणा अगाडि

कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ।

कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तर सहित जित उन्मुख भएका हुन्। कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ६० हजार ५ सय ८४ मतगणना सम्पन्न हुँदा पौडेल प्रतिस्पर्धीभन्दा झन्डै चार गुणा अगाडि छन्।

रास्वपाका पौडेल ३३ हजार ९ सय ६८ मतसहित जित सुनिश्चित गर्दा उनलाई नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ९ हजार ८ सय २८ मतसहित पछ्याइरहेका छन्। भने नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले ९ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले २ हजार १ सय ४९ मत प्राप्त गरेका

छन्। यहाँ हालसम्म २ हजार ३ सय ९२ मत बदर भएको छ। कास्की १ मा अब पोखरा- ३१ र ३२ को मतगणना बाँकी छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App