२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

उम्मेदवार चिन्दैन्न् मतदाता

जुम्ला, कार्तिक २८ – तिला गाउँपालिका ९ खोप्री गाउँका ६० वर्षीया हैजली थापा २०४६ सालपछिको निर्वाचनमा मतदान गर्दै आएकी छिन् । अहिलेसम्म उनले उम्मेदवार चिनेर वा उम्मेदवारको घोषणापत्र हेरेर भोट हाल्न पाएकी छैनन् । ' उम्मेदवार कस्ता छन् ? काम गर्छन् वा गर्दैन्न् र  कसका उम्मेदवार हुन भन्ने बारेमा कुनै हेक्का छैन् । गाउँको जान्ने सुन्नेले जुन चिन्हमा मत खसाल्न् भन्छन् । त्यसैमा भाेट हाल्ने गरेकाे छु,'उनले भनिन्,' धेरैलाई भोट हाल्यौ  । भोट दिएर जितेका प्रतिनिधिले के गरेका छन् भन्ने जानकारी छैन् ।'

अर्की मतदाता ६५ वर्षीय हिरकली बुढा वर्षौदेखि मतदान गरेपनि कुनै परिवर्तन भएको बताउँछिन्। गाउँमा अहिले एक सय ३१ जना मतदाता छन् । तल्लो र माथिल्लो खोप्री गाउँमा ४५ घर धुरी छन् । शिक्षक कालीबहादुर थापा उम्मेदवारको नजरमा खोप्री गाउँका मतदाताको कुनै वास्ता गरिएको नपाइएको महशुस हुन थालेको उनको बुझाई रहेको छ । ‘ मतदाता थुप्रै समस्या राख्न चाहन्छन् । समस्यापनि नसुन्ने र मतादाता भेट्न आउन नसक्ने उम्मेदवार जनताको प्रतिनिधी हुन सक्दैन्,’उनले भने ।  

उनका अनुसार पछिल्लो समयमा भएका निर्वाचन मध्ये २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा यहाँका मतदाताले माओवादी उम्मेदवारलाई भोट खसाले । स्थानीय तहको चुनावमा व्यक्ति हेरेर मतदान गरेर जिताए । उनीहरु स्थानीय तहको चुनावमा निर्णायक मतदाताका रुपमा थिए ।

प्रकाशित: २८ कार्तिक २०७४ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App