उदयपुरबाट लागू औषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको कटारी नगरपालिका-४ बाट मङ्गलबार दिउँसो लागू औषध किनबेच गरिरहेको अवस्थामा प्रहरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले लागू औषधको कारोबार भइरहेकोबारे गोप्य सूचना पाएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागू औषध फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कटारी-४ का ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरिकृष्ण राई, २६ वर्षीय करण लिम्बु, २२ वर्षीय विशाल तामाङ र २० वर्षीय बिकेश तामाङ रहेका छन्।
उनीहरूको साथबाट लागू औषध ट्रामाडोल र स्पास्मोको ८ सय ७७ ट्याब्लेट भेटिएको थियो। प्रहरी उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान थालेको छ।
पक्राउ परेकाहरूमाथि बुधबार जिल्ला अदालतबाट म्याद थपेर कारबाही प्रक्रिया सुरु भएको छ।
प्रकाशित: १७ पुस २०८१ २०:१८ बुधबार