२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन : झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले पार्टीबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालको कारबाहीबारे छलफल नहुने बताएका छन्।

शुक्रबार (आज) साँझ नागरिकसँग कुराकानी गर्दै झाले यस्तो बताएका हुन्। 'केन्द्रीय समिति बैठकमा उहाँ (डा. मुकुल ढकाल) माथिको कारबाहीबारे छफल हुँदैन। एजेन्डा नै छैन,' उनले भने।

केन्द्रीय सदस्य तपेश्वर यादव, राजेश तिम्सिनालगायतले भने ढकालको कारबाही फिर्ता गर्नेगरी छलफल अगाडि बढाउन माग गरेका छन्। तर, प्रवक्ता झाले भने छलफल नहुने बताएका हुन्।

'प्रस्ताव नै आए पनि छलफल हुँदैन,' उनले भने। बैठकमा नेताहरू कसैले त्यस्तो प्रस्ताव ल्याए त्यो उनीहरूको स्वतन्त्रताको कुरा हुने प्रवक्ता झाले बताए । 'तर, अहिलेका लागि छलफल हुँदैन,' उनले भने।

यता डा. मुकुल ढकालले भने बरु आफूले माफी माग्ने तर, कारबाहीमाथि पुनर्विचार हुनुपर्ने बताउने गरेका छन्। तर, माफी नै मागे पनि अहिलेका लागि कारबाहीमाथि पुनर्विचार नहुने झा बताउँछन्।

'माफी मागेर मात्रै हुँदैन नि। जतिबेला जे मन लाग्यो, त्यो गरेर हुँदैन। विधि-विधानअनुसार चल्ने हो। पार्टी पनि त्यसैगरी चल्ने हो,' झाले भने, 'अहिलेका लागि माफी नै मागे पनि केही हुँदैन।'

यो पनि पढ्नुहोस्

रास्वपा बैठक : प्रस्ताव नै आए पनि मुकुल ढकालको कारबाहीबारे हुने छैन छलफल 

प्रकाशित: १९ पुस २०८१ २०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App