२४ पुस २०८१ बुधबार
image/svg+xml
अपराध

प्रहरीको निष्कर्ष: स्वर्णलक्ष्मी सहकारीबाट रविले पाँच करोड रकम अपचलन

काठमाडौंको स्वर्णलक्ष्मी बहूद्देश्यीय सहकारीबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पाँच करोड भन्दा बढी बचत रकम अपचलन गरेको पुष्टि भएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानमा रविले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको देखाएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोजनमा रहेको प्रहरी अनुसन्धानको ब्यहोरामा भनिएको छ, ‘.... गितेन्द्र बाबु/रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता÷फायलहरूबाट प्रतिवादी रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट  रु.५,०८,६९,६३३/०५ (अक्ष रुपी पाँच करोड आठ लाख उनन्सत्तरी हजार छ सय तेत्तिस रुपैयाँ पाँच पैसा) अपचलन गरी ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आयो ।’

अनुसन्धानमा रवि संलग्न भेटिएका थप तथ्य पढ्नुहोस् 

प्रकाशित: २१ पुस २०८१ १७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App