नेकपा एमालेबाट निष्कासन भएका नेता डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
बुधबार पत्रकार सम्मेलन गरी रावलले आफ्ना कुरा राख्ने र भावी कार्य योजना समेत जानकारी गराउन लागेका हुन्। उनले बुधबार दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलन गर्दै छन्।
सोही पत्रकार सम्मेलनमै रावलले नयाँ पार्टीको घोषणा गर्न सक्ने उनी निकटहरू बताउँछन्। त्यसो त एमालेबाट निष्कासन भएपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए।
नेकपा एमालेको गत बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो।
यो पनि पढ्नुहोस्
अन्ततः एमालेबाट निकालिए रावलप्रकाशित: १५ पुस २०८१ १४:०५ सोमबार