२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

बाल गायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो।

उनको निधन भएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रताप शाहीले नागरिकन्युजलाई जानकारी दिए। ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ । 

सचिनका बुबा तेजेन्द्र परियारका अनुसार बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो। उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।

प्रकाशित: १८ पुस २०८१ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App