११ आश्विन २०८३ आइतबार
image/svg+xml

झरीका बीच सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६०० बढीले गरे पिण्डदान

बिहानैदेखिको निरन्तर झरीका बाबजुद सोह्र श्राद्धको पहिलो दिन आइतबार पशुपतिनाथ मन्दिर परिसरमा ६०० भन्दा बढी श्रद्धालुले दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्।

मुगुबाट जडीबुटी खोज्न गएका एक जनाको हिउँले पुरिएर मृ’त्यु, दुई अझै बेपत्ता

जडीबुटी संकलनका लागि घरबाट निस्किएका १३ जनामध्ये १० जना भने सकुशल सम्पर्कमा आएका छन्।

जेनजी आन्दोलनपछि संसद्ले बनायो ११ ऐन: संघीयता कार्यान्वयनका महत्त्वपूर्ण कानुन अझै अधुरै

संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका संघीय निजामती सेवा, प्रहरी समायोजन र मौलिक हकसम्बन्धी महत्त्वपूर्ण कानुनी व्यवस्था अझै पूर्ण हुन सकेका छैनन्।

नारायणीको बाढी सुस्ता पसेपछि स्थानीयलाई स्कुलमा सारियो

अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ।

वर्षा र बाढीको कहर अमेरिकामा पनि: न्युयोर्क र न्युजर्सीमा आपत्काल घोषणा

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा शक्तिशाली आँधीसँगै परेको अविरल वर्षाका कारण तटीय क्षेत्रहरू जलमग्न भएका छन्।

जबरालाई भेट्न नदिएपछि मानव अधिकार आयोगको आपत्ति, अवरोध गर्ने प्रहरीलाई कारबाहीको माग

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न गएको आफ्नो अनुगमन टोलीलाई प्रहरीले रोकेपछि राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ।

तीन दिनको वर्षापछि खुलेको काठमाडौं, साँझपख देखिए मनमोहक हिमशृङ्खला

तीन दिनसम्म लगातार परेको वर्षापछि आइतबार काठमाडौंको आकाश खुलेको छ। वर्षा रोकिएसँगै साँझपख उपत्यकाबाट टाढाटाढासम्मका हिमशृङ्खला स्पष्ट देखिएका छन्।

मधेशमा ७८ वटा विद्युत पोल ढल्यो, १४ ट्रान्सफर्मरमा क्षति

भारी वर्षापछि आएको बाढी, हावाहुरी र डुबानका कारण मधेश प्रदेशमा विद्युत् संरचनामा क्षति पुगेको छ।

बाढी पहिरोका कारण अवरुद्ध विद्युत् सुचारु गर्न काम तीव्र

बाढी, पहिरो र हावाहुरीका कारण प्रभावित भएका विभिन्न जिल्लामा विद्युत् सेवा पुनः सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।

मर्स्याङ्दी नदी आंशिक थुनिएर पोखरी बन्यो, बहाव जारी

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको भन्ने खबर सार्वजनिक भइरहँदा प्रहरीले भने नदी पूर्ण रूपमा नथुनिएको र बहाव निरन्तर जारी रहेको बताएको छ।

धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि

दोस्रो काठमाडौं-१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र खोटाङका धिरेन राईले उपाधि जितेका छन् ।

विपद्‌बाट चार दिनमा १५ जनाको मृ’त्यु, एक हजार २८४ जनाको उद्धार

देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्‌बाट चार दिनमा १५ जनाको मृ’त्यु भएको छ।

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ।

कुलेखानी ड्यामको ढोका खोलिएको छैन, पूर्वसावधानीका लागि सडक बन्द

कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने सूचना सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका छन् ।

तनहुँमा पहिरोले १८ घर बस्न नमिल्ने गरी भत्किए

केही दिनदेखिको अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा खसेको पहिरो र बाढीले १८ घरमा क्षति पुर्‍याएको छ। बाढी-पहिरोले कतिपय घर बगाएर परिवार नै विस्थापित भएका छन् भने धेरैजसो घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्